ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाँसबारीले दोस्रो स्थानमा उक्लिने मौका गुमायो

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, फागुन १५ । श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएको बाँसबारी युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा तेस्रो स्थानमा रहेको बाँसबारी आठौं स्थानको कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिँदा स्थान सुधार गर्ने मौका गुमाएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रतपंक्ति सदुपयोग गर्न चुकेको थियो ।

सम्हालिएको प्रदर्शन गरेको कुमारीको पनि सोही अवस्था देखिएको थियो । बराबरी पछि बाँसबारीको ७ खेलबाट १५ अंक भएको छ । समान ७ खेलबाट कुमारीको ७ अंक भएको छ । जारी ‘बी’ डिभिजन लिगमा अपराजित सातदोबाटो १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा सात खेलबाट ५ मा जित र २ मा बराबरी खेलेको खुमलटार १६ अंकका तालिकाको दोस्रो स्थानमा छ ।

शनिबारै सम्पन्न लिगकै पहिलो खेलमा पुल्चोकले श्री भगवतीलाई पनि गोल रहित बराबरीमा रोकेको छ । एन्फा मुख्यालयको मैदान सम्पन्न खेलमा भगवतीलाई रोक्दा पुल्चोकले जारी लिगमा दोस्रो बराबरी नतिजा निकालेको हो । पुल्चोकले सम्पन्न ७ खेलबाट कुनै खेलमा पनि स्पष्ट जित निकाल्न सकेको छैन ।

यस्तै श्री भगवतीले जारी लिगमा तेस्रो बराबरी नतिजा आत्मसात गरेको छ । दुबै टोली जितको लक्ष्य सहित मैदान प्रवेश गरे पनि राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । अंक बाँडेका टोलीद्वय भगवती र पुल्चोकको समान ७ खेलबाट अंक तालिकामा क्रमश ६ र २ अंक भएको छ । भगवती नवौं स्थानमा यथावत रहँदा पुल्चोक तालिकाको पुछारमा रेलिगेशनबाट बँच्न संघर्ष गरिरहेको छ ।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेल ब्वाइज युनिय क्लब र नयाँ बस्ती तथा दोस्रो खेल झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *