ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज मिति २०७७ साल फागुन १५ गते शनिबार, तपाइकाे राशिफल कस्ताे रहला ?

आज मिति २०७७ साल फागुन १५ गते शनिबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको २७ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, मघा नक्षत्र, पूर्णिमा तिथी, सुकर्म योग, बब करण, आज चन्द«मा सिंह राशीमा रहनेछ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५४ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहनेछ । आजको अमृत समय दिउँसोको ३ बजेर ९ मिनेटबाट ४ बजेर ३५ मिनेटसम्म रहनेछ । आजको राहुकाल बिहानको ९ बजेर २४ मिनेटबाट १० बजेर ५० मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

(१) मेष राशी

समय अनुकुल बनाउन विशेष प्रयास गर्नुपर्ने दिन छ । मन अशान्त हुन सक्छ । यात्रा गर्दा सावधान रहनुहोला । गरेका कार्यहरुमा ग्रहले आज अलि बढी मेहनत खोजिरहेको छ । मित्र तथा बन्धु सुखमा कमी आउन सक्छ, आज विवाद तिर नजानुमै उत्तम हुन्छ, स्वास्थ्यको ख्याल गर्नु होला, गृहिणी तथा महिला वर्गलाइ भने आज अलि कष्ट पर्न सक्छ, विद्यार्थीहरुले भने बिशेष मेहनत गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा धैर्य गर्नुहोला, लगानीको लागि दिन आज सही छैन । पर्ख र हेर को स्थिती छ , कसै कसैलाई घरदेखि टाढा जानुपर्ने अवस्था पनि आउन सक्छ,

(२) वृष राशी

मनलाइ अस्थिर नबनाइ वा कन्फ्यूज नभइकन विवादबाट टाढा रहने प्रयास गर्नुपर्ने दिन छ, आज आत्मविश्वासलाइ कायम् राख्नु होला, निरर्थक चिन्ता र बेचैनीबाट जोगिनुपर्नेछ, शारिरिक अस्वस्थता महसूस हुन सक्छ र छातीकोे विशेष ध्यान दिनुहोला , स्त्रि वर्गबाट कष्ट पर्न सक्छ, व्यवसायीक कार्यलाइ दिन ठीक नभएकोले आज लगानी नगर्नुहोला तर यदि  गोचरमा शुभ मंगलको र सूर्यको दशा चलिरहेको छ भने आकस्मिक लाभ, कार्य सफलता प्राप्त हुनेछ ।

(३) मिथुन राशी

आनन्द र सुखको अनुभूति हुने खालको दिन छ । रोकिएका कार्यहरु बन्ने, वस्त्र लाभ, धनलाभ,उपहारआदि पाइने अथवा उत्तम खानपानले मन आज प्रफुल्लित हुन सक्नेछ । कार्यमा थोरै विलम्ब जस्तो भएपनि अन्त्यमा सफलता पाइने छ, आदर सत्कार वा मान सम्मान पाइने योग छ, शारिरिक आरोग्यता प्राप्ति हुने, शेयर वा अन्य व्यावसायिक क्षेत्रमा लगानीलाइ दिन राम्रो छ । विद्यार्थीहरुको लागि दिन सफलतामुलक रहनेछ,

(४) कर्कट राशी

सावधान हुनु पर्ने दिन छ  । शारिरिक स्वास्थ्यको ख्याल गर्नुहोला, बिना कारण झर्को लाग्ने अथवा डर लागिरहन सक्छ, धनको दुरुपयोग हुन सक्ने भएकोले लगानीलाइ आज दिन राम्रो छैन , व्यर्थको श्रम, अनावश्यक खर्च, अचानक धनहानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने भएकोले सचेत रहनुहोला । खानपान नमिलेर स्वास्थ्यमा गडबडी आउन सक्छ । दाम्पन्यजीवन र प्रेम सम्बन्धको लागि विशेष प्रयास गर्नुपर्ने दिन छ ।

(५) सिंह राशी

पराक्रम बढने, शरीरमा निरोगीताको अनुभूति हुने, वस्त्र लाभ, आर्थिक लाभ तथा लाभकारी घटनाहरु हुन सक्नेछन । मित्र सुख, स्त्रि सुख, दाम्पत्य सुख, मिठो खानपान र रमाइलोसँग समय बित्ने योग छ । अरुले तँपाइको प्रशंसा गर्न सक्नेछन । पदोन्नतिको सम्भावता, मानसम्मान पाइने, शत्रुमाथि विजय, सन्तानपक्षबाट सुख । रोग र ऋणबाट राहतप्राप्तहुने । विद्यार्थीवर्गलाई समय राम्रो रहनेछ । व्यापार व्यवसाय र लगानीको लागि पनि आज दिन राम्रो छ ।

(६) कन्या राशी

सचेत हुनुपर्ने दिन छ । कुनै पनि प्रकारको विवादबाट आज बच्नु होला,  खर्चमाथि नियन्त्रण जरुरी छ , हानी नोक्सानी हुन नदिन आज सावधान हुनुपर्ने दिन छ, काम गर्दा अलि होश पुरयाउनु पर्ने दिन छ । दुष्ट खराब मान्छेहरुसँग भने टाढा रहनु होला र दुराचार कर्म र घमन्डबाट चाँही जोगिनु पर्ने दिन छ । मानसिक तनाव नलिइ मनलाई शान्त राख्ने प्रयास गर्नु भएको खन्डमा दिन सजिलो जानेछ ।

(७) तुला राशी

दिन अनुकुल रहनेछ  । मित्र, भाइ बहिनीबाट सहयोग पाइने, गरेका कार्यहरु सफल हुने,  पद, सम्मानको प्राप्ति, शत्रुहरु पराजित हुनेछन, प्रेम सम्बन्धमा सफलता, विद्यामा प्रगति हुने, सन्तान पक्षबाट खुशी पाइने । स्वास्थ्यको हकमा धपेडिले असर गर्न सक्नेछ, थकाइ लाग्न सक्ने, पेट, आँखा छाती सम्बन्धि विशेष ध्यान दिनु होला ।  आज क्रोधलाई नियन्त्रणमा राखेर विवादहरुबाट टाढा रहनु भएमा दिन अति उत्तम रहनेछ ।

(८) वृश्चिक राशी

पारिवारिक सुख, चिताएको पुग्ने, आरोग्यता प्राप्ति, रोकिएका कामहरुमा प्रगति हुने, भोग विलासमा रुचि जाने, पद प्रतिष्ठा, आदर, सत्कार मिल्ने खालको दिन छ, गरेका कार्यहरु सफल हुनेछ, शत्रुहरु हार खानेछन्, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन चाहनु भएको छ भने समय उत्तम छ । विद्यार्थिहरुको लागि समय राम्रो रहनेछ । सन्तान पक्षको ध्यान दिने र विवादबाट टाढै रहनु भएमा दिन सुखमय बित्नेछ ।

(९) धनु राशी

सावधान हुनुपर्ने खालको दिन छ, दुख गरेअनुसार फल पाउन गाह्रो होला, मुद्दा मामिला सरकारी काम कारवाहीहरुबाट अलि सचेत रहनु पर्ने दिन छ । शरिर अस्वस्थ रहन सक्छ , शत्रुहरुले रिस गर्न सक्छन् । व्यर्थको विवादबाट टाढा रहनु होला, व्यवसाय र लगानीको लागि दिन राम्रो छैन, योग ध्यान र अध्यात्मको साथै अध्ययन लेखन तिर समय बिताउनु भएमा दिन सहज हुनेछ ।

(१०) मकर राशी

धैर्य राख्नुपर्ने दिन छ । शारिरिक पिडा, शत्रु बाधा, जरिवाना दन्ड जस्ता सरकारी कुराहरुको कोप भाजन मा परिन सक्छ, धनको अधिक खर्च भइदिने अथवा दुरुपयोग हुन सक्छ, ज्वरो, पाइल्स, अपच, ब्लड प्रेशर जस्ता बिमारी बल्झिन सक्छन् । निरर्थक भय, अपमान प्रतिकुल घटनाहरुले चिन्ता थप्न सक्छ । महिला तथा गृहीणीहरुलाइ अलि कष्ट हुन सक्छ । कर्मको फल पाउने समय चलेको छ । लगानीको लागि आज समय राम्रो छैन ।

(११) कुम्भ राशी

समय राम्रो छ  । लाभकारक एवम् सुखदायी भ्रमणको सम्भावना छ, आरोग्य प्राप्ति, आर्थिक फाइदा, रमाइलो जमघटको साथै भोग विलास मनोरन्जनमा समय बित्न सक्नेछ,  भूमि सुख, वाहन सुख, उत्तम संशाधन सुखको प्राप्ति, दाम्पत्य सुख राम्रो रहनेछ,। प्रेम सम्बन्धमा सुखदअवसर प्राप्तहुने, र स्त्री सुखमा रुचि बढने, व्यवसायी वर्गले  थप लगानी गर्नुपर्ने अवस्था आउन सक्छ, वैदेशिक व्यवसाय, आयातनिर्यात को लागि समय अनुकुल रहने छ ।सन्तानपक्षको भने विशेष ख्याल राख्नु होला, 

(१२) मीन राशी

दिन राम्रो रहनेछ, शारिरिक निरोगिता, आर्थिक लाभ, गरेको कार्यहरुबाट लाभ पाइने, शत्रुले हानी गर्न सक्ने छैनन, ऋण लाभ हुने, आँटेको कामपुग्ने, माथिल्लाहरुबाट लाभ पाइने योग चलेको छ, विद्यार्थीहरुको परिक्षा प्रतियोगीतामा विजय प्राप्ति हुने । मुद्दा मामिलालगायतअन्य कुराहरुमा सकारात्मक समाचार आउने, । व्यापारीक तथा व्यवसायीक वर्गलाइ लाभको दिन छ, लगानीलाई पनि दिन उत्तम रहनेछ, विपरित लिंगहरुप्रति आकर्षण बढन सक्छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *