ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

५ बर्षमा २५ लाख सवारीमा ईम्बोष्ड नम्बर प्लेट राखिंदै

काठमाडौं, फागुन १४ । इम्बोस्ड नम्बर प्लेट लागु गर्ने विषयमा सम्पूर्ण तयारी पुरा भएको यातायात व्यवस्था विभागले बताएको छ ।

नेपाली अक्षरको सट्टा अंग्रेजी अक्षर राखेको भन्दै अदालतमा परेको मुद्दाको कारणले रोकिएको हुँदा हाल सो मुद्दा समेत अदालतले सल्टाएपछि बाटो खुलेको विभागले बताएको छ । सम्झौता अविधिले पाँच वर्षमा २५ लाख गाडीमा राख्ने लक्ष्य लिएकोमा मुद्दाको कारणले हालसम्म भने जम्मा ६ हजार सवारीमा ईम्बोष्ट नम्बर लागु भएको छ ।इम्बोस्ड नम्बर नेपाली अंकमा लेख्न अदालतमा परेको रिटमा अंग्रेजी अक्षरलाई सदर गरिदिएपछि इम्बोस्ड नम्बरको तयारी पुरा भएको यातायात व्यवस्था विभागले बताएको छ ।

ग्लोबल भिलेजको अवधारणा आत्मसात गरिएको ईमबोष्ट नम्बर प्लेटले नेपालमा दर्ता भएका सवारीसाधन भारत, बंगलादेश, भुटान, चीनमात्रै नभई युरोपसम्म जान सक्नेछन् । दक्षिण एसियामा देवनागरिक लिपी बुझिए पनि चीन, म्यानमारमा नबुझिने नेपालमा ती देश अनुसारको एकरुपता ल्याउन पनि रोमन लिपी प्रयोग गरिएको विभागले बताएको छ । विश्‍वका अधिकांश देशरुमा समेत रोमन लिपी प्रयोग गरिएको छ । पाँच वर्षको अवधिमा २५ लाख सवारीमा ईम्बोष्ट नम्बर राख्ने लक्ष्यमा ४ अर्ब चानचुन खर्च हुने विभागले बताएको छ ।

उच्च प्रविधिजडित इम्बोस्ड नम्बर प्लेटजडान कार्यान्वयनमा आए एउटै नम्बर प्लेटका धेरै गाडी चल्ने, समयमै कर नतिरी गाडी चलाउने लगायएका समस्या अन्त्य हुने, इम्बोस्ड नम्बर प्लेटमा जडित हुने अत्याधुनिक प्रविधि आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिटेल प्रविधिले गाडी रहेको स्थान गाडीको अवस्था लगायतको जानकारी दिने, सवारी साधन चोरी हुनबाट जोगाउने भएकाले सुरक्षाका दृष्टिकोणले पनि इम्बोस्ड नम्बर प्लेट आवश्यक रहेको विभागले बताएको छ ।

यातायात व्यवस्था विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट ९९ प्रतिशत आल्मोनियमबाट रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरी बनाइएको हुन्छ । यसको कडापन एच ४१ र एच ४२ र मोटाइ ०.९८ मिलिमिटर हुन्छ । बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ट रहेको प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैमुनि देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुन्छ । हालसम्म ६ हजार चानचुन सवारीमा लागु भएको ईम्बोष्ट नम्बर पाँच वर्षभित्र देशभरिका सवारी साधनमा जडान गर्ने सरकारको लक्ष्यमा अविध सकिन लागेको हुँदा अवधि थपेर काममा तिव्रता दिएको विभागले बताएको छ ।

सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो अक्षर, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था भएको विभागले जनाएको छ । हाल इम्बोस्ड नम्बर प्लेट राख्न मोटरसाइकललाई २ हजार ५ सय, तीनपांग्रे सवारीलाई २९ सय, चारपांग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई ३६ सय रुपैयाँ लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *