देशभर ११२जनामा कोरोना संक्रकण पुष्टि

फागुन १४,काठमाडौं । देशभरका विभन्न प्रयोगशालामा गरीएको ३ हजार ९ सय ४४ वटा नमुना परीक्षणमा देशभर १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७३ हजार ९ सय ८४ जना रहेका छन् ।
कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या २ हजार ७ सय ७१ जना रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट ५४ जना कोरोना मुक्त भएका छन् । हाल सम्म कोरोना मुक्त हुने संख्या २ लाख ७० हजार २ सय ७७ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ७ रहेको छ ।
देशभर क्वारेन्टिनमा ७१ जना र संक्रिय संक्रमित ९ सय ३६ जना रहेका छन् ।