ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बर्ड फ्लुको संक्रमण बढ्दो सचेत रहन चिकित्सकको आग्रह

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

फागुन १४,काठमाडौं । नेपालमा पनि बर्ड फ्लु देखा परेसँगै पंक्षिजन्य मासुको सेवन गर्दा सावधानी अपनाउन विज्ञको सुझाव छ । काठमाडौंको तार्केश्वरमा हाँस र टर्कीमा बर्डफ्लू देखिएकोले संक्रमणको जोखिम बढेको भन्दै चिकित्सकहरुले सतर्कता अपनाउन सुझाएका हुन ।

काठमाडौंको तार्केश्वर नगरपालीकामा केहि समयको अन्तरालमै बर्डफ्लू दोहोरिएर देखिएपछि संक्रमण बढन सक्ने भन्दै चिन्ता ब्यक्त हुन थालेको छ । हास र कुखुरामा संक्रमण देखिएसँगै केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गरीएको थियो । एक महिना अघि बर्ड फ्लु देखिएको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको पशुसेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले जानकारी दिए ।

यसअघि बर्डफ्लूले ठुलो संख्यामा कुखुरा लगायत अन्य पंक्षीको क्षति भएको थियो भने । नेपालमा पनि बर्ड फ्लूको संक्रमणका कारण काभ्रेमा एक युवकको मृत्यु समेत भएको थियो । बर्डफ्लू चरा प्रजातीमा फैलिने संक्रमण भएपनि संक्रमित पंक्षीको माशु सेवन तथा सम्पर्कमा रहदा मानिसमा पनि फैलिन सक्ने विज्ञको भनाई छ । बर्ड फ्लूको भाइरस विशेष गरी कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट सर्ने इपिडिमियोलोजी तथम रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलको भनाइ छ ।

तारकेश्वर नगरपालिका-१ मा नै यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । यस्तै काठमाण्डौ सहित सुर्खेत लगायत जिल्लामा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । यससँगै अन्य स्थानमा सङ्क्रमण फैलिएको नफैलिएकोबारे अध्ययन भैरहेको पशुसेवा विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *