ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दार्चुलामा लागु औषध चरेश सहित एक जना प्रकाउ

दार्चुला फागुन १४ । प्रहरीले लागु औषध चरेश सहित दार्चुलाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउँपालिका—१ इयरकोट बस्ने २५ वर्षीय मदन सिंह ठेकरे रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले बताए ।
उन्ले भने ठेकरे बंगाबगडमा होटल व्यवसाय गरिरहेका थिए । प्रहरीलाई शंका लागेपछि उक्त होटलमा छापा हान्दा उनको साथबाट ५२ दशमलव ७ ग्राम चरेश बरामद गरिएको हो ।
उनलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर प्रसाद भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *