तारकेश्वरमा फेरी भेटियो बर्ड फ्लु

काठमाडौं फागुन १४ । एक महिना अघि बर्ड फ्लु देखिएको काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको छ ।
बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा र दानाहरु नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिएका छन् । विहीबार संक्रमण पुष्टि भए सँगै त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको छ ।
तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले तारकेश्वर नगरपालिका साङ्लास्थित छाप भन्ने ठाउँमा पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको बताएका छन् ।
कुखुरापालक व्यवसायीहरु कमल गौतम, सरिता शाह, सम्झना ठकुरी तिवारी, अमृत थापा र शान्ता खनालको फर्ममा पालिएको बोइलर, लेयर्स र चल्लामा कुखुरा संक्रमण भेटिएको हो ।
यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।