ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०७७ फागुन १४ शुक्रबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज मिति २०७७ साल फागुन १४ गते शुक्रबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको २६ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, अश्लेषा नक्षत्र, चर्तुदशी तिथी, अतिगन्ड योग, वणिज करण, आज चन्द«मा दिउंसो १२ बजेर ११ मिनेटबाट सिंह राशीमा प्रवेश गर्नेछ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५४ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहनेछ । आजको अमृत समय बिहानको ०९ बजेर २५ मिनेटबाट १० बजेर ५१ मिनेटसम्म रहनेछ । आजको राहुकाल बिहानको १० बजेर ५१ मिनेटबाट १२ बजेर १७ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

(१) मेष राशी

दिउँसो १२ बजेपछि समय प्रतिकुल रहनेछ । आयमा बाधा, मन अशान्त हुने, सोचेको आँटेको काममा विध्न बाधा व्यवधानहरु आउने । विरोधिहरुले अनावश्यक दुख दिन सक्ने, यात्रा गर्दा सावधान हुनुहोला। बिना कारण अलमलिनु पर्ने हुन सक्छ । स्वास्थ्यको ख्याल गर्नुपर्नेछ, धपेडी वा शारिरिक पीडा हुन सक्छ, सन्तानको तर्फबाट चिन्ता पर्न सक्छ । धन हानी हुने योग रहेकोले लगानी गर्दा जानकारको सल्लाह लिएर मात्र गर्नु होला । विवादबाट आज टाढै बसेमा राम्रो । विद्यार्थीहरुले पढाइको लागि बिशेष मेहनत गर्नुपर्नेछ ।

(२) वृष राशी

१२ बजेपछि दिन अनूकुल नहुन सक्छ, खर्च वृद्धि, आफन्तहरुसँग विवाद हुन सक्ने, धन वा स्थाई सम्पत्ति सम्बन्धि झमेला आउन सक्ने,  मन अस्थिर रहन सक्ने, शारिरिक कष्ट, पीडा वा मानसिक चिन्ता थपिन सक्ने,  खानपानमा ध्यान दिनु पर्नेछ र टाइममै सुत्ने बानी छैन भने स्वास्थयमा असर पुरयााउन सक्छ, कसै कसैलाई छाती सम्बन्धि पुरानो रोग छ भने बल्झन सक्छ, व्यवसायीक गतिरोधको समय चलेकोले लगानीलाइ आज दिन शुभ छैन , गृह कलह तथा गलत व्यक्तिबाट जोगिनु पर्नेछ,

(३) मिथुन राशी

१२ बजेपछि दिन सकारात्मक रहनेछ । धन अथवा कार्य लाभ हुने अरुले तँपाइको कदर वा प्रशंसा गर्ने, शारिरिक निरोगिता प्राप्ति, दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु बाधाबाट मुक्ति, केही नयाँ कुरा हुने वा गर्नेे वातावरण बन्नेछ । कुनै नयाँ काम शुरु गर्नलाई दिन उत्तम रहनेछ । कसै कसैलाई छोटो दुरीको यात्राको वा भ्रमणको अवसर पनि प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा लगानीको योग छ । विद्यार्थीहरुको लागि समय सफलता दिने खालको छ , विवादबाट भने  आज बच्नु होला ।

(४) कर्कट राशी

अपरान्ह पछि मन अनिर्णयको बन्दि बन्न सक्छ अथवा केही कुराले चित्त दुख्न सक्छ ।। व्यर्थको श्रम, धनको अपव्यय, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने ।, घरपरिवार वा अचल सम्पत्तिको लागि खर्च हुन सक्ने वा पारिवारिक सुखमा कमि आउने, अरुले कदर नगर्ने वा विवादित भइने सम्भावना छ, आज कसैले धोका पनि दिन सक्ने सम्भावना रहेको छ । शारिरिक चोटपटक, दुर्घटना आदिबाट सावधान रहनुपर्ने दिन छ, लगानीलाई समय प्रतिकूल छ, खानपानमा अनुशासित रहनु होला, विवादबाट भने आज सकेसम्म टाढा रहनु पर्नेछ,

(५) सिंह राशी

१२ बजेपछि दिन राम्रो रहनेछ । मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । सकारात्मक विचार र उत्साहले तँपाइको मनोबल मा बृद्धि हुनेछ । शरीरमा तेज, आरोग्य, साहस र स्फूर्ति बढने । लाभ तथा मान सम्मान प्राप्ति । कार्यमा सफलता । कतैबाट केही कुरा प्राप्त हुने वा कसैसँग भेट हुने । दिमागमा धेरै खालका विचारहरु आउन सक्छन् । मिष्ठान तथा परिकारजन्य भोजन प्राप्ति, वस्त्र वा जिन्सी लाभ, मान्यजनको वा मित्रको कृपा पाइने तथा बन्धुहरुबाट सुख मिल्ने, विद्यार्थीवर्गलाई समय राम्रो । प्रेमीहरुको लागि दिन शुभ रहनेछ ।

(६) कन्या राशी

अपरान्ह पछि दिन अप्ठयारो खालको हुन सक्छ । । परिवारमा असमझदारी देखिन सक्छ । खर्च गराउन सक्छ, शारिरिक शिथिलता र कष्ट हुने, पराक्रममा कमी आउने, आर्थिक अभावले सताउने । मानसिक अशान्ति र छटपटि बढने । निर्णयहरु गलत हुने, विवेक डगमगाउने वा मनमा गलत भावना पलाउन सक्छ । स्वास्थ्यको ख्याल राख्नु पर्नेछ । विशेषगरि  अनिद्रा, एलर्जी तथा मौसमी संक्रामक रोगहरुबाट जोगिनु पर्नेछ तथा  आँखा, दाँत,मुख, अनुहार आदिमा समस्या देखा पर्न सक्छ।  विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ, विदेश प्रयासको लागि दिन उत्तम छ । वैदेशिक व्यापार सम्बन्धित कुराहरुलाई भने दिन शुभ छ ।

(७) तुला राशी

१२ बजेपछि दिन सकारात्मक रहनेछ  । मन प्रसन्न हुने खालका समाचारहरु आउन सक्छन् । शरिरमा सकारात्मक उर्जा बढने, आर्थिक लाभ हुने । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा हुन सक्ने । चाहेको वस्त्र वा जिन्सी सामााग्री खरिद हुने अथवा मिठो परिकारजन्य खानपानमा रमाइने योग छ । रोकिएका कार्यहरुले गति लिनेछन् । सन्तानको लागि खर्च हुन सक्ने । अरु कसैको लागि पनि समय खर्चिर्नु पर्ने हुन सक्छ ।विद्यार्थीहरुलाई पढाइ तथा विद्या आर्जनमा प्रगति हुने । स्वास्थ्यको ख्याल गर्ने र विवादबाट भने टाढा रहनु पर्नेछ । मनको अस्थिरतालाई नियन्त्रण गर्न सकेमा दिन सुखद बित्नेछ ।

(८) वृश्चिक राशी

मध्यान्ह पछि दिन शुभ रहनेछ । पारिवारीक सुख प्राप्त हुने, अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउन सक्ने योग छ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको सम्भावना छ । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था आउन सक्छ, कार्य क्षेत्रमा तँपाइको कदर हुनसक्छ ।  विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएका प्रयास सफल हुनेछन । कसै कसैलाइ भूमि तथा वाहन सुख प्राप्तिको योग पनि देखिएको छ । सन्तान पक्षबाट भने अलि चिन्तत हुनु पनें समय छ । पारिवारिक झमेला र विवादबाट टाढै रहनु भएमा दिन सुखमय बित्नेछ ।

(९) धनु राशी

मध्यान्ह सम्म दिन शुभ रहेपनि १२ बजेपछि सावधान हुनुपर्ने अवस्था छ । मान प्रतिष्ठामा धक्का लाग्ने । भाग्यमा अवरोध, धार्मिक कार्यमा अरुचि । बिना कारण झगडा हुने, सरकारी झमेला लाग्ने वा नसोचेको दोष लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने योग छ । मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद बाट बच्नु पर्नेछ । अचल सम्पत्ति बाहन आदि लिने विचार गर्नु भएको छ भने १२ बजेपछि टार्दा राम्रो । विदेश यात्रा, विदेश अध्ययन अथवा उच्च शिक्षा सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ छ । कसै कसैलाई भ्रमण अथवा यात्रा को सम्भावना पनि  छ । ठुलो लगानीको लागि आज दिन राम्रो छैन । पार्टनरशीप तथा व्यवसायमा समस्या आउन सक्ने भएकोले सचेत रहनु होला ।

१०) मकर राशी

मध्यान्ह पछि दिन सोचे जस्तो नहुन सक्छ । मनमा केही कुराको डर वा चिन्ताले सताउन सक्छ । शारिरिक कष्ट वा पिडा हुने, धनको अपव्यय हुने, स्वास्थ्यमा प्रतिकुलता आउने, अरुसँग विवाद र झगडा आदि हुने सम्भावना भएकोले सचेत रहनु पर्नेछ ।  धन मालको खती हुने, पारिवारीक मmमेला बढन सक्ने, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । लगानीको लागि आज समय राम्रो छैन । जागीर वा व्यवसायमा बाधा कष्ट आउन सक्ने सम्भावना छ। आफ्नो विगतलाइ नबिर्सि अगाडि बढनु भएमा दिन सहज हुनेछ, 

(११) कुम्भ राशी

मध्यान्ह पछि समय  उत्तम हुनेछ  । धन लाभ, वाहन सुख, वैवाहिक सुख, विरोधिहरु पराजित हुनेछन, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ,  वैवाहिक जीवन तथा प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास मनोरन्जन र स्त्री सहयोग प्राप्त हुने खालको दिन रहन सक्छ । व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ ,वैदेशिक व्यवसाय, आयात निर्यात को लागि दिन अनुकुल छ । कसै कसैलाई घरबाट टाढा जानु पर्ने अवस्था पनि आउन सक्छ,

(१२) मीन राशी

१२ बजेपछि दिन अनुकुल रहनेछ । धन लाभ हुने, आँटेको काम पुग्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोगनाश, विरोधिहरु हार खान थाल्नेछन, आर्थिक पक्ष बलियो हुने, ऋण लाभ हुने,। मुद्दा मामिला लगायत परिक्षा प्रतियोगीतामा विजय प्राप्ति को समय शुरु हुनेछ । व्यापार व्यवसायमा लाभ, लगानीको लागि दिन राम्रो भएकोले निवेश गर्दा हुन्छ । सन्तान पक्षको विशेष ख्याल गर्नुहोला । बाहिरी महिलाहरुसँगको अवैध सम्पर्कबाट टाढै बस्दा राम्रो । नत्र पछि तनावको अवस्था आउन पनि सक्छ । कार्यस्थलमा सतर्कता अपनाउनु भएमा दिन शुभ रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *