ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हात्तीपाईले रोग विरुद्धको आम औषधि चैत २० गतेबाट ५ प्रदेशको १२ जिल्लामा खुवाइने

फागुन १३, काठमाडौं । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा चैत २० गतेदेखि हात्तीपाईले रोग विरुद्धको आम औषधि खुवाइने भएको छ ।

यसअघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने भनिएवनि कोरोना विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।  

इडिसिडिका अनुसार झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ,पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा चैत २० गतेदेखि मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *