ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद अंक गणित: कांग्रेस र जसपा फकाउन दौडधुप

काठमाडौं फागुन १३ । प्रतिनिधिसभा पूर्नस्थापनासँगै सरकार निर्माणको अंकगणित सुरु भएको छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपाको औपचारीक फुट वा मिलनलाई पर्खिएको छ भने दाहाल नेपाल समुहले आफ्ना पक्षमा लविङ सुरु गरेका छन् । तेस्तै ओलीलाई अविश्वासको प्रस्तावका लागि समेत प्रतिपक्षी कांग्रेसका सभापतिलाई प्रधानमन्त्रीको अफर गरेका छन् तेसो त ओली समुहले समेत कांग्रेसलाई गुहार्न थालिसकेको छ ।

प्रतिनिधिसभामा २ सय ७५ सांसदमध्ये नेकपाको मात्रै १ सय ७४ जना सांसद छन् । नेकपामा आएको विवाद सँगै सांसद विभाजन भएमा नेकपाको बहुमत पुग्ने अवस्था छैन । ओली समूहले आफूसँग ८० जना भन्दा बढी र दाहाल नेपाल समूहले ९० जना भन्दा बढी सांसद भएको दाबी गरेका छन् । नेकपा साँच्चै विभाजन भएमा एकले अर्कालाइ स्वीकार गर्ने सम्भावना कम छ । तेसैले दुवै समुह कांग्रेसको निर्णयको पर्खाइमा रहेका समयमा कांग्रेसले भने नेकपा औपचारीक पुट हुने वा नहुने भन्ने निषकर्ष पछिमात्र निर्णय लिने पदाधिकारीको बैठको निष्कर्ष छ ।

संसद पुन स्थापना भएपछि मात्र नेकपाको अवस्था देखिने भन्दै कांग्रेसले त्यस पछि निर्णय लिने बताउछन् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, सरकार गठन गर्न १ सय ३८ जना सांसदको समर्थन हुन जरुरी छ । कांग्रेसको प्रतिनिधिसभामा ६३ जना सांसद रहेका छन् । सरकार गठनका लागि नेकपाले स्पष्ट जनमत पाएपनि उसमा आएको विवादले कसरी नेकपा अगाडी बढ्छ भन्ने स्पष्ट भैइसकेको छैन ।

पार्टि फुट्न नहुने र नेकपाले नै सरकारको नेतृत्व गर्नु पर्ने आवाज उठिरहदाँ ओलीको पछिल्लो प्रविर्तिका कारण त्यो संभावना न्यून भएको नेकपा दाहाल नेपाल समुहुका नेता विष्णु रिजाल बताउछन् । संसदमा तेस्रो ठुलो दल जनता समाजवादी पार्टीको ३४ जना सांसद रहेका छन् भने अन्य र स्वतन्त्र गरी ४ जना सांसद छन् । सर्वोच्चले फागुन २४ भित्रै संसद बैठक बोलाइसक्ने उत्प्रेषण परमादेश जारी गरेकोले तत्कालै बैठक बस्ने सम्भावना छ ।

यस्तो अवस्थामा जसपाले पनि संविधान संसोधनको प्रस्ताव गघि सारेको छ । तेसैले जसपाले कस्लाई सहयोग गर्छ भन्ने एकिन छैन् । प्रधानमन्त्री ओलीले राजीनामा नदिए प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता हुने र त्यसलाइ सामाना गर्न नसके दाहाल नेपाल समूह र कांग्रेस तथा जसपाको गठवन्धन बन्नसक्छ । तर ओलीले राजीनामा दिएर मार्गप्रशस्त गरेमा नेकपाको एकल सरकार बन्ने सम्भावना उत्तिकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *