ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ग्यारी फिलिप्स महिला फुटबल टोलीको पहिलो विदेशी प्रशिक्षक

सेयर गर्नुहोस
  • 19
  •  
  •  
  •  
    19
    Shares

काठमाण्डौ, फागुन १३ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

महिला फुटबलमा आसन्न प्रतियोगिता साफ च्याम्पियनसिपलाई लक्षित गर्दै एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकको जिम्मेबारी दिकएको हो । अघिल्लो बर्ष सम्पन्न दक्षिण एसियाली खेलकुद सागको फाइनल खेलेपछि प्रशिक्षण विहिन भएको महिला टोलीले एन्फाको पछिल्लो निर्णय अनुसार पहिलोपटक विदेशी प्रशिक्षक पाएको छ । ग्यारी पछिल्लो एकबर्षयता एन्फामा टेक्निकल डाइरेक्टरको रुपमा कार्यरत थिए । उनले नेपाली फुटबलको माहौल र महिला टोलीको पछिल्लो अवस्था राम्रोसँग बुझेको कारण पनि एन्फाले उनलाई प्रशिक्षक नियुत्त गरेको हो ।

ग्यारीसँग यसअघि अष्ट्रेलियाको उमेर समुहको टोली, पपुवा न्युगिनीको राष्ट्रिय महिला टोलीसमेत हेरिसकेको अनुभव छ । ग्यारी स्वयं पनि नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षक बन्न इच्छुक थिए । यसअघि एन्फाले ग्यारीलाई पुरुष राष्ट्रिय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरे पनि गयारीले महिला टिमको प्रशिक्षक बन्ने इच्छा देखाएका थिए । त्यसैले ग्यारीलाई प्रशिक्षकको जिम्मेबारी दिँदै आगमी साफ च्याम्पियन्ससिप सम्मका लागि उनीसँग सम्झौता भएको एन्फाले जनाएको छ ।

ग्यारीको नियुक्तीसँगै एन्फाले अघिल्लो साता सम्पन्न राष्ट्रिय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मार्च अन्तिम सम्ममा राष्ट्रिय टोलीको प्रशिक्षकमा बोलाउने तयारी थालेको छ । अघिल्लो बर्ष घरेलु मैदानमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागको फाइनलमा भारतसँग पराजित भएपछि महिला टोलीका तत्कालिन मुख्य प्रशिक्षक हरि खड्काले नैतिकताको आधारमा राजीनामा दिएपछि टोली प्रशिक्षक विहिन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *