ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजेन्द्र महतोको माधव प्रचण्डलाई प्रश्न तपाईहरुको पार्टी कुन हो ?

नेकपा दाहाल–नेपाल समूह र जनता समाजवादी पार्टीका नेताहरूबीच  पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दुई अध्यक्ष र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच उक्त विषयमा छलफल भएको छ ।

छलफलमा जसपाका शिर्ष नेतासंग भएको उक्त छलफलमा नेकपा दाहाल नेपाल अध्यक्षद्धयले सरकार बनाउने प्रस्ताव राखेका हुन् । जसपाका वरिष्ठ नेता राजेनद्र महतोले  भने नेकपा अध्यक्षद्धयलाई  पहिला आफ्नो पार्टी कुन हो भनेर स्पष्ट हुन आग्रह गरेको बताएका छन् ।

संसदीय व्यवस्थामा बिना पार्टी केही नहुने भन्दै आगामी दिनमा सहकार्य गरेर जानको निम्ति दाहाल–नेपाल समूहले प्रस्ताव गरेको बताउँदै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताए

सर्वोच्च आदालतले प्रतिनिधिसभाको पुनःस्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समिकरणको लागि नेकपा दाहाल–नेपाल समूहका नेताहरूले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *