सशस्त्र प्रहरी निरीक्षक दधिराम र नायव निरीक्षक राजेश घूस सहित पक्राउ

फाल्गुण १३ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा-३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी घूस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले बिहीबार १० बजे उनीहरुलाई सेवाग्राहीबाट ५० हजार घूस रकम लिई सकेको अवस्थामा पक्राउ गरेको हो । सेवाग्राहीको काष्ठ फर्निचर उधोग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घूस रकम लिइ सकेको अवस्थामा रूपन्देही गैडहवा गाउँपालिका–३ बाट उनीहरुलाई नियन्त्रण्मा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका प्रवक्ता सुरेश भुसालले बताए । घटना बारेमा थप अनुसन्धान भईरहेको भुसालले बताए ।