ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सत्ता समिकरणको दौडधुपमा दाहाल- नेपाल, नेकपा भित्रबाटै सरकार बनाउन दवाव आउदाँ जसपाले राख्यो संविधान संशोधनको प्रस्ताव

काठमाण्डौं फागुन १३ । प्रतिनिधि सभाको पुन स्थापना पश्चात प्रधानमन्त्री केपी ओलीलाई हटाएर नयाँ सरकार बनाउन विभिन्न छलफलहरु सुरु भएका छन् । बुधबार नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । दुई अध्यक्षको प्रस्ताव पछि थप छलफलका लागि कांग्रेसको पधादिकारी बैठक आज ३ बजे बुढानिलकण्ठमा बस्दै छ ।

तेस्तै दाहाल-नेपाल समुहले आज जनता समाजवादी पार्टीसंग छलफल गरेको छ । जसमा दाहाल नेपाल समुहले संगै मिलेर जाने प्रस्ताव गरेको जसपाका नेता राजेन्द्र महत्तोले जानकारी दिए । उनले संविधान संसोधनको मुद्दालाई समेत छलफलमा राखेका छन् । महत्तोको भनाई छ – ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’

तेस्तै नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीलाई संमान्न जनक विदाई गर्न आग्रह गरेका छन् । दाहाल- नेपाल समुहले अन्य दलसंग प्रधानमन्त्रीका लागि प्रस्ताव गरिरहेका समयमा गौतमले भने नेकपा भित्रैबाट प्रधानमन्त्री खोज्न आग्रह गरेका छन् ।

तेस्तै नेकपाका नेता तथा पूर्व मन्त्री लालाबाबु पण्डितले कांग्रेससंग मिलेर सरकार बनाए विद्रोह गर्ने जनाएका छन् । बहुमत प्राप्त पार्टिले अन्य दलसंग मिलेर सरकार बनाउन गए जनमतको अपमान हुने उनको भनाई छ । त्यस्तै ओली समुहका नेताहरुले पनि नेकपाकै सरकार बन्ने जिकिर गर्दै आएका छन् । तर पुष्पकमल दाहाल र माधव कुमार नेपालको नेतृत्व संभव नरहेको जिकिर गरेका छन् । प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल मार्फत यो टिप्पणी गरेका हुन । उनको भनाई छ -‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *