गृहकार्य गर्न भन्दै नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडाैं, फागुन १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने गरी बुधबार सकिएकाे स्थायी कमिटी बैठकका लागि गृहकार्य गर्न भन्दै स्थगित भएकाे एक नेताले द प्रेस नेपाललाइ जानकारी दिए ।
उनका अनुसार आज बस्ने स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो। यस्तै पार्टी एकताकाे बाटाे बारेमा पनि छलफल भएकाे थियाे ।
बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलसँग पनि परामर्श गर्नेबारे स्थायी कमिटीमा छलफल भएको थियो।