ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एनभीए क्लब भलिबल लिग चैतमा

काठमाडौं । पाँचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग चैतमा आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघले बुधबार पाँचौ एनभीए क्लब भलिबल लिग चैत १९ देखि २६ गतेसम्म गर्ने निर्णय गरेको छ । संघको काठमाडौंमा बसेको कार्यकारी समितिको बैठकले लिगको मिति तय गरेको संघका सचिव मानवीर छन्त्यालले बताए ।

लिगमा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६  महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् । उक्त च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलातर्फ एपीएफ क्लबले उपाधि जितेको थियो ।

लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र चितवन टाइगरले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस,बुलबुले रारा, हेल्प नेपाल, बुद्धटोल भलिबल टिम, नयाँ बजार, मणिमुकुन्दले प्रतिस्पर्धा गर्ने छन् ।

यस अघि लिग गत वर्षको बैशाख २५ देखि जेठ १ गतेसम्म हुने तालिका रहेको थियो । तर, कोरोना महामारीको कारण लिग स्थगित गरिएको थियो । यस लिगबाट चीनमा आयोजना हुने एसियन च्याम्पियनसिपको लागि महिला टोलीको छनोट गरिनेछ । जसमा ३० खेलाडीहरु छनोट हुनेछन् ।

च्याम्पियनसिपको लागि महिला टिम को बन्द प्रशिक्षण वैशाखको दोस्रो हप्तादेखि सुरु हुनेछ । महिला खेलाडीको छनोट गर्न निरोज मास्के संयोजकत्वमा छनोट समिति गठन गरिएको छ । समितिका प्रशिक्षक प्रज्वल बहादुर सिंह रहेका छन् । यस्तै संघले महिला टिमको लागि विदेशी प्रशिक्षक ल्याउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *