ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं, फागुन १३ । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक अाज पनि बस्न लागेको हो ।

यस अघि बुधबार बसेकाे पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र विभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

यस्तै बुधबार बसेकाे बैठकले पार्टी एकताकाे बाटाे पहिले देखि नै खुला रहेकाे बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *