ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०७७ माघ १३ बिहीबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज मिति २०७७ साल फागुन १३ गते बिहीबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको २५ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, पुष्य नक्षत्र, त्रयोदशी तिथी, शोभन योग, तैतिल करण, आज चन्द«मा कर्कट राशीमा रहने छ , आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५५ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहनेछ । आजको राहुकाल दिउँसोको १ बजेर ४३ मिनेटबाट ३ बजेर ९ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

(१) मेष राशी

आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनु पर्ने हुन सक्छ, आज चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने,  , आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने, शारिरिक पिडा, कार्यहरुमा हानीको  योग छ, भोजन, खानपान लगायत निद्रामा असुविधा हुन सक्ने, तथा शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्मिmन सक्छ , छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनु होला ।

(२) वृष राशी

मन खुशी हुने खालको दिन छ । भाग्यले साथ दिनेछ । धन लाभ हुने, पराक्रम बढने, निरोगिता प्राप्ति, कार्यमा सफलता, नोकरीमा पदोन्नति, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ वा खरिद हुने, मित्र सुख, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, अथवा चिताएको  महिलाको सम्पर्कका आइने, वैवाहिक खुशी प्राप्त हुने  सम्भावना छ ।  यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको  लागि समय राम्रो छ ।  

(३) मिथुन राशी

दिन अनुकुल नहुन सक्छ , प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृह कलह, मानसिक तनाव, कार्यहरुमा बाधा, गरेको काम सफल नहुने, मान सम्मानमा कमी, शत्रु वृद्धि, धनको नोक्सानी, दन्ड जरिवाना हुन सक्ने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । घरबाहिर बस्नु पर्ने अवस्था आउन सक्छ, पढाइमा मन नलाग्ने, मनमा कलुषित भावना पलाउन सक्छ ।

(४) कर्कट राशी

भाग्यले सहयोग गर्ने खालको दिन छ । रोग मुक्ति, मान सम्मान बृद्धि, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा  शैया सुख, आदर सत्कारको प्राप्ति, मित्र सहयोग जस्ता शुभ फल दिनेछ । कसै कसै लाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग देखिएको छ ।

(५) सिंह राशी

दिन अनुकुल छैन । मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कार्य हानी, धन हानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, शोक पर्न सक्ने वा विछोडिनु पर्ने हुन सक्छ । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ ।

(६) कन्या राशी

दिन सुखमय हुनेछ । कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने,  मित्र तथा भाइ बहिनीहरुले साथ र सहयोग गर्ने । धन लाभ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, मित्रहरुले सहयोग गर्ने । गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ , आय वृद्धि को बाटो फेला पर्न सक्छ, पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, पारिवारिक तथा जीवनस्तरमा बृद्धिको योग छ  । व्यापारी वर्गलाई दिन अनुकुल छ,

(७) तुला राशी

खुशी प्राप्त हुने दिन छ , प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइने छ , कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने, स्वास्थ्य राम्रो रहने, आफनो क्षमता र अधिकारको सदुपयोग गरेर कुनै कार्य वा उद्देश्य पूरा हुने योग छ, राज्य संयत्र वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । नयाँ नयाँ विचार प्रस्फुटन हुने  र आत्मविश्वास बढने छ, कसै कसैलाई मन्त्र, तन्त्र वा गुप्त शास्त्र जस्ता आध्यात्मिक विषय को अध्ययन गर्न मन लाग्नेछ । बौद्धिक क्षमतामा बृद्धि, धार्मिक क्षेत्र, तथा सत्मार्ग तिर मन जान सक्ने । रमाइलो र मिठो खानपान हुन सक्ने । गर्भवति महिला हुनुहुन्छ भने आफनो गर्भ सम्बन्धि विशेष सावधानी अपनाउनुहोला । पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने वा उनीहरुले माया गर्न सक्ने छन् ।

(८) वृश्चिक राशी

दिन प्रतिकुल हुनेछ । परिस्थितीको बन्धनमा जकडिने स्थिती आउन सकछ, मानसिक तनाव बढने, वादविवाद बढने, पद तथा जिम्मेवारी बाट मुक्त सम्म हुने अवस्था आउन सक्छ , सचेत रहनु होला, मेहनत गरे अनुसार फल प्राप्त हुँदैन । मुद्दा मामिला, कानूनी झमेला, सरकारी दन्ड जरिवाना जस्ता भयप्रद प्रतिकुलता आउन सकछ । पेटजन्य समस्या लगायत अन्य स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु  आउन सक्छ ।

(९) धनु राशी

आफनो स्वास्थयको सम्बन्धमा विशेष ध्यान दिनु पर्नेछ । मानसिक तनाव नलिने, निरर्थक भय र व्यर्थको श्रम बाट बच्नुहोला, धनको अनावश्यक खर्च वा दुरुपयोग हुनबाट रोकेमा उत्तम हुनेछ,  शारिरिक पीडा को योग भएकोले कष्टदायी भ्रमण लाई टार्दा राम्रो ,  अपमान, मित्र घात, आफन्तजनमा कलह वा मनमुटाव, कार्यमा बिध्नबाधा, सरकारी झमेला जस्ता घटनाहरु हुने सम्भावना भएकोेले आज सचेत हुनुहुनु होला। मनलाई  अस्थिर नबनाइ धैर्य कायम राखेमा दिन सहज रहनेछ ।

१०) मकर राशी

दिन अनुकुल छ । लाभकारक तथा सुखदायी बसाइ हुने । मान सम्मान, प्रशंसा, कदर प्राप्त हुने । विशेष वा परिकारजन्य भोजन हुने, दाम्पत्य तथा वैवाहिक सुखको प्राप्ति, आर्थिक लाभ, धनको आगमन, स्वास्थ्य उत्तम वा रोगव्याधिको असरमा सुधार आउने, भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने योग छ ।

(११) कुम्भ राशी                                                                                                                   

दिन आर्थिक रुपले लाभकारक रहनेछ । कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहने छ , सुख सन्तोषको प्राप्ति, रिस गर्नेहरु माथि विजय प्राप्त हुने, महिला वर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने, कसै कसैलाइ आज आफनै घरमा बस्नु पर्ने स्थिती पनि आउने छ । मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा नियन्त्रण राख्नुहोला ।

(१२) मीन राशी

दिन अनुकुल रहने छैन । बिध्न बाधाहरुले गर्दा हैरान हुनु पर्ने सम्मको अवस्था आउन सक्छ । वायुको प्रकोप लगायत अन्य कारणले स्वास्थ्य स्थिती खस्कन सक्छ , शोक पर्ने, मानसिक खिन्नता बढन सक्ने, कार्य हानी, धन वा कुनै प्यारो वस्तुको हानी, मनमा अशान्ति, अपयशको भागि हुनु पर्ने तथा बेकारमा दुख पाइने योग देखिएको छ । सावधान रहनु होला । तामसिक भोजन, मासांहार आदि लिने गर्नु भएको छ भने आज त्याग गर्नुहोला । कुनै पनि कुराको आसक्तिबाट आज बच्नु होला,  अनावश्यक सम्पर्क र  चाहिने भन्दा बढी बोलचाल बाट जोगिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *