ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दाहाल नेपाल समुहले सांसदलाई उपत्यका छोडेर बाहिर नजान निर्देशन दियो

नेकपा प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ।

सो समूहको संसदीय दलको आज बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएको छ ।  सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन सक्ने आंकलन गर्दै माधव प्रचण्ड समूहको संसदीय दलको आज बसेको बैठकले सो निर्देशन दिएको हो ।

जतिबेला जे पनि हुनसक्ने भन्दै उपत्यकामा रहेका सांसदहरुलाई अतिआवश्यकबाहेक जानकारी गराएर मात्र बाहिर जानुहोला भनेर पुष्पकमल दाहालले निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

संसदिय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार छलफल सहित   संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई धन्यवाद आदानप्रादान समेत भएको छ ।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघट्न गर्ने निर्णय गरेको थियो । सो विषयका सम्बन्धमा  विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मङ्गलबार सरकारको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *