ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पशुपतिमा जलहरी लगाएकै दिन अदालतले भन्यो जलहरी नलगाउनु

सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले हाललाई पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भन्दै  अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ । सर्वोच्चले जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग माग गरेको छ । आजकै दिन विहान ११स् ४५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिमा जलहरी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *