ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमितको मृत्युको विवरण मन्त्रालयले बल्ल सच्यायो,

फागुन १२, काठमाडौं । स्वास्थ्य मन्त्रालयले यो अगाडि तथ्यांकमा छुटाएको कोरोना संक्रमितको मृत्युको विवरण बल्ल समावेश गरेको छ।

मन्त्रालयले बुधबारको कोरोना अपडेट दिने क्रममा गत २४ घण्टामा प्राप्त भएको मृत्यु हुनेको संख्यामा ६१९ जना रहेको उल्लेख गरेको छ।

यस्तै गत २४ घण्टामा मृत्यु भएका कोरोना संक्रमितको संख्या भने एक जना मात्र रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा प्राप्त भएको ६१८ जना स्वास्थ्य मन्त्रालयले यसअघि नै अध्यावधिक गर्न छुटाएको तथ्यांक हो । 

यो तथ्यांक नेपाली सेनाले शव व्यवस्थापनको क्रममा संकलन गरेको हो । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांक फरकफरक आएपछि सिसिएमसीको बैठकले थप अनुसन्धान गरेर स्वास्थ्य मन्त्रालयले छुटाएको ६१८ जनाको विवरण मृतकको संख्यामा बुधबार थप गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *