ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पशुपतिमा १ सय ८ किलो सुनको जलहरी राखियो

काठमान्डौ फाल्गुण १२ । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको छ ।

राष्ट्रपति विद्या देवि भण्डारीले करिब १ घण्टा पशुपति नाथ मन्दिरमा सुनको जलहरी प्राण प्रतिष्ठाका लागि क्षमा पुजा गरेसंगै एक सय आठ केजी सुनको जलहरी स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए ।


यसअघि चाँदीको जलहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको राख्न निर्देशन दिएपछि कोषले बुधबार सुनको जलहरी राखेको हो । विवादका बीच पशुपतिनाथको मूल शिवलिंगको चाँदिले ढाकिएको जलहरिलाई सुनले ढाक्नुको कारण ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको र सबैसंगको सहकार्य विज्ञ पुजारीको सहमतमा सुनको जलहरी राखिएको कोषले बताएको छ ।

सर्वौच्चमा परेको रिटको विषयमा आफूहरुलाई पूर्व जानकारी कुनै नभएको कोषले बताएको छ । बुधबार दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी गरेको कोषले राष्ट्रपतिले क्षमा पुजा गरेसंगै उक्त कार्य गरेको हो । कोषका अनुसार जलहरिको लागि १०८ केजी सुन लागेको बताएको छ । तर शास्त्रीय मान्यता एवं परम्परा अनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन छ । यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरिरहेका छन् ।

सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च
अदालतमा दुईवटा रिट निवेदन दायर भएको छ । जलहरी स्थापनापछि कोषले उक्त जलहरी निर्माण गर्ने कालिगड लगायतलाई समेत सम्मान गरेको छ ।शिवलिंगको पानी झर्ने ठाउँलाई जलहरी भनिन्छ । जलहरीको लम्बाइमा शिवलिंगकै जति हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *