ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सर्वोच्चको फैसलाले राजनीतिक अस्थिरता निम्त्याएको ओली समुहको निस्कर्ष

काठमाडौं फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन स्थापना गरेसंगै सवै क्षेत्रमा उत्साह थपिएको छ । अदालतको फैसलाले कानुनी राजको स्थापना भएको बताइ रहदाँ ओली समुहका नेताहरुले भने अदालतको फैसलासंगै देश राजनीतिक अस्थिरताको बाटोमा लागेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री निकट नेता तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने बताएका छन् । सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भउको उनको टिपप्णी छ । भनको भनाई छ – सरकार सञ्चालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएकोछ । सर्वोच्च अदालतको  फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’  

त्यस्तै ओली समुहका नेता तथा लुम्विनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चको फैसलाले अस्थिरता बढाउने बताएका छन् । उनको भनाई छ- “सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ। हिम्मत र धैर्यका साथ अघि बढौं,” 

उता प्रधानमन्त्रीका सलुलाहकार विष्णु रिमालले अदालतले गरेको फैसलाले राजनीतिक समस्या समाधान नगर्दे दावी गरेका छन् । अदालतको फैसला आफुहरु मान्ने जनाएका रिमालले अदालतको फैसललाले अझ गतिरोध थपेको टिप्पणी गरेका छन् । उनको भनाई छ-“ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *