ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपतिलाई महाअभियोग लाग्न सक्ने

काठमाडौं फागुन १२ । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले संसद पुन स्थापनाको फैसला सुनाएको छ । यो संगै प्रधानमन्त्रीले के गर्लान तथा राष्ट्रपतिको भविस्य के हुने हो भन्ने अनेकौ अड्कल बाजी सुरु भएको छ । यस्तो अवस्थामा नेकपाका अध्यक्ष पुस्पकममल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरे तर प्रधानमन्त्री केपी ओली भने संसदकै सामना गर्ने पक्षमा देखिएका छन् ।

तर राष्ट्रपतिको विषयमा भने फरक फरक मत सार्वजनिक हुदैं आएका छन् । अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्या देवि भण्डारीलाई केपी ओलीले व्याक मेलिङ गरेका कारण महाअभियोग नलगाउने संकेत गरेपनि अन्य दलका नेता कार्यकर्ता भने संविधानको पालकनै संविधान मास्ने खेलमा लागेको भन्दै महाअभियोग लगाउने पक्षमा देखिएका छन् ।

प्रधानमन्त्री केपी ओलीका हरेक निर्णयलाई त्तकाल सदर गरेर विवादमा आएकी राष्ट्रपतिलाई संसद पुन: बहाली पछिको बैठकमा महाअभियोगको प्रस्ताव दर्ता हुन सक्ने कानुन व्यवसायीको अनुमान छ । कानुन व्यवसायी ओमप्रकाश अर्यालका अनुसार प्रधानमन्त्री तथा राष्ट्रपतिले राजीनामा नदिए संसदमा प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोगको प्रस्ताव दर्ता हुन सक्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *