ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तेस्रो पटक संसद पुनःस्थापना, यस्तो छ नेपालको संसद पुनःस्थापनाको इतिहास

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

नेपालको संसदिय व्यवस्थाको इतिहासले करिब ६ दशक पार गरिसकेको छ । ६ दशक वितिसक्दा पनि यो व्यवस्था अझै बलियो रुपमा उभिन भने सकेको छैन् । १५ सालमा भएको संसदिय चुनावलाई राजा महेन्द्रले १७ सालमा भंग गरि ३० बर्ष सम्म पञ्चायति व्यवस्था लादे । २०४६ को जनआन्दोलनले पुनःस्थापना गराएको प्रजातन्त्रले खुट्टा टेक्न नपाउदै माओवादीले संसदिय व्यवस्थाकै विरुद्धमा हतियार उठाएर १० बर्ष सम्म सशस्त्र युद्ध सुरु गरे ।


२०५२ देखि २०६२ सम्म चलेको सशस्त्र युद्धमा सबै भन्दा बढी संसद र संसदिय व्यवस्थामा अनुयायिहरु नै निसानामा परे । कहिले राजा त कहिले आफ्नौ पाटीको आन्तरीक कलहका कारण नेपालको संसदिय व्यवस्थाले अझै पनि बामे सर्न नसकेको प्रस्टै देखिन्छ ।
लामो छलफल र बहस पछि संविधान सभाले विश्वको उन्नत संविधान निर्माण गर्यो । एक लोककल्याणकारी राज्यले अपनाउनु पर्ने सबै व्यवस्थाहरु अपनाइयो । गणतन्त्र स्थापना पछि देशका स्थायित्व आउने सबैको अपेक्षा थियो तर त्यसमाथि पनि प्रधानमन्त्री ओलीले धावा बोलेपछि अननः सबैको विस्वासको केन्द्र अदालको ढोका ढकढक्याईयो । लामो छलफलपछि सर्बोच्च अदालतको संसद पुनःस्थापना गरेको छ । यो सँगै नेपालमा तेस्रो पटका संसद पुनःस्थापना भएको छ ।


पहिलो पटक नेकपा एमालको अल्पमतका तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालमा संसद विघटन गरेको थिए । प्रधानमन्त्रीको उक्त निर्णयलाई २०५२ भदौं १२ गते सर्वोच्च अदालतले पुनःस्थापना गरेको थियो ।


त्यसै दोस्रो पटक तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ साल जेठ ८ गते संसद विघटन गरेका थिए । देउवाले विघटन गरेको उक्त संसदलाई २०६२–६३ को जनआन्दोलनबाट बैशाख ११ गते पुनःस्थापना गरेको थियो ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *