आज फागुन ११ गते तपाईको राशिफल
आज मिति २०७७ साल फागुन ११ गते मंगलबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको २३ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, आद्रा नक्षत्र, एकादशी तिथी, आयुष्मान योग, भद्रा करण, आज चन्द«मा मिथुन राशीमा रहने छ , आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५४ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहनेछ । आजको अमृत समय दिउँसोकोे १२ बजेर ५७ मिनेटबाट १ बजेर ४३ मिनेटसम्म रहने छ, आजको राहुकाल दिउँसोको ३ बजेर ८ मिनेटबाट ४ बजेर ३४ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।
मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन राम्रो छ, आरोग्य प्राप्ती, मान सम्मान र यश प्राप्ती, धन लाभ, भाग्य वृद्धि । दाम्पत्य सुख, सन्तान सुख, पराक्रम बढने, कार्यमा सफलता, वस्त्र लाभ, मित्र सुख, शत्रु पराजित हुने, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने । धर्म कर्ममा रुची बढने, तीर्थ यात्रा वा अन्य भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ । भाइ बहिनीहरु सँग वा कम उमेरको मानिसहरुसँग भने आज विवाद नगर्नु होला ।
वृष राशीः इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सावधानी अपनाउनु पर्ने समय छ, बोलि बचन को कारणले समस्या आउने ,पराक्रममा कमी आउने, कार्यमा असफलता, मानसिक तनाव बढने, कार्यहरुमा बाधा आउने, मान सम्मानमा कमी आउने योग चलेको छ, धनको नोक्सानी, आँखामा अथवा अनुहारमा समस्या वा अन्य रोगव्याधिले सताउने, खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । विद्यार्थीहरुको पढाइमा मन नलाग्ने खालको दिन छ ।
मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, हा
दिन राम्रो छ । सुख प्राप्ति, भाग्यको सहयोग पाइने, पारिवारिक तथा घरायसी सुख प्राप्ति, पराक्रममा वृद्धि, खर्चमा कमि आउने, मानसिक अशान्ति र छटपटिमा कमी आउने । रोग व्याधिबााट मुक्त भइने । सकारात्मक विचार र उत्साह संचारित हुने । मिष्ठान भोजन प्राप्ति वा रमाइलो भोजभतेर मा सहभागि भइने, अविवाहितहरुको हकमा विवाहको चल्ने, दाम्पत्यजीवन सुमधुर रहने, शारिरिक सुखमा ध्यान जाने, व्यापार व्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुन सक्ने, मुद्दा मामिलाको झंझटबाट केही राहत मिल्ने , कसै कसैलाई घरबाट टाढा बाहिर जानुपर्ने अवस्था पनि आउन सक्छ ।
कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिन प्रतिकूल रहनेछ । शारिरिक कष्ट, मानसिक चिन्ता, पराक्रममा कमी । आलस्य बढने । खर्चमा वृद्धि ।संक्रामक रोगको चपेटामा परिने, आँखामा समस्या, धनको नोक्सानी, मान सम्मानमा कमी, सन्तान पक्षबाट तनाव वा वैमनस्यता बढने हुन सक्छ, धन, शक्ति र सत्ताको घमन्ड देखाउन मन लाग्ने, कुरा काटने अथवा अर्काको रिस गर्न मन लाग्ने, शत्रहरुसँग भिडनुपर्ने अवस्था आउन सकछ, विपरित लिंगी प्रतिको आकर्षणबाट जोगिने प्रयास गर्नुहोला । कसै कसैलाई कानूनी झमेला आइलाग्न सक्छ । विद्यार्थिवर्गको हकमा वैदेशिक कलेजमा भर्ना गर्ने कुरालाइ दिन शुभ छ । प्रतियोगिता परीक्षा लागि पनि समय राम्रो रहनेछ । व्यापार व्यवसायमा वैदेशिक लगानी, ज्वाइन्ट भेन्चर फ्रेन्चाइिज अथवा आउटसोर्सिगं सम्बन्धि कार्य शुरु गर्नका लागि पनि दिन राम्रो रहनेछ ।
सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलो रहने खालको दिन छ । उत्तम खानपान हुने, मित्रसँग रमाइलो गरिने अथवा मित्र सहयोग पाइने, स्त्रि सुख, धन लाभ, आयमा वृद्धि । व्यापारमा पर्याप्त लाभ, कर्म क्षेत्रमा जस पाइने, मानसम्मान, किर्ति यश प्राप्त हुने, चिताएको फल पाउने बलियो सम्भावना छ । सरकारी काममा सफलता, सन्तानको पक्षबाट खुशी अथवा शुभ समाचार प्राप्त हुन सक्छ । विद्यार्थीहरुलाई समय राम्रो रहनेछ । प्रेम प्रसंगको लागि तथा दाम्पत्य जीवन सुमधुर बनाउन आजको दिन शुभ छ ।
कन्या राशीः टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
समय राम्रो छ । कार्य सिद्धि, भाग्यको सहयोग प्राप्त हुने, कार्य स्थलमा सफलता मिल्नेछ, स्वास्थ्य उत्तम रहने, सरकारी सेवामा हुनेहरुलाइ मान सम्मान, बढुवा को सम्भावना । हाकिमहरु तँपाइको कार्यले खुशी हुन सक्छन । पारिवारिक तथा घरायसी सुख मिल्ने दिन छ । सार्वजनिक, राजनैतिक तथा सांगठनिक क्षेत्रमा कार्यरत हुनेहरुलाइ नेतृत्व लिने अवसर पनि प्राप्त हुन सक्दछ । समग्रमा दिन शुभ रहनेछ ।
तुला राशीः रा, रि, रु, रे, रो, ता, ति, तु, ते
समय अनुकुल नहोला । सरकारी तथा कानुनी कुराहरुमा बाधा आउने, भाग्यले साथ नदिएको जस्तो अनुभव हुने, व्यवसाय हानी, सन्तान सँग मतभेद र विवाद हुने अथवा सन्तानको स्वास्थय बिग्रने सक्ने, चिन्ता, कलह, आर्थिक नोक्सान, विवाद र झगडा आदि हुने योग भएकोले आज अलि सतर्क भएर कार्य गर्नुपर्नेछ । अप्रत्यासित घटनाहरु हुन सक्ने, मान प्रतिष्ठा मा धक्का लाग्ने, मनमा भयको वातावरण बन्न जाने । पारिवारीक समस्या, बन्न आँटेको काम विग्रने सम्भावना भएकोले सावधान रहनु होला । दाम्पत्य जीवन भने सुमधुर रहने छ । प्रेम सम्बन्धको लागि दिन ठीक छ । लगानीको लागि भने आज दिन राम्रो छैन । चोटपटक लाग्न सक्ने भएकोले सावधान रहनु होला ।
वृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु
समय राम्रो छैन । स्वास्थ्यको आज विशेष ध्यान दिनुहोला, निमोनिया, श्वास प्रश्वास, छातीसम्बन्धि पुरानो समस्या छ भने बेवास्ता नगर्नु होला ,समयमा खानपीन नमिल्नाले अप्ठयारो आउन सक्छ, कसै कसैलाइ हैजा, झाडापखाला, अपच, ग्यास्टिक लगायत अन्य समस्याहरु देखिन सक्छ, सावधानी अपनाउनुहोला, भय, कष्ट, चिन्ता, कलह, धनहानी, शत्रुले घात लगाउने, अचानक नसोचेको घटना घटने आदि जस्ता अनिष्ट फल देखा पर्न सक्ने भएकोले सावधान रहनु होला ।
धनु राशीः ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
दिन राम्रो छ । छोटो खालको लाभदायी भ्रमण हुने, धनलाभको योग, रोकिएको कार्य बन्नुको साथै शत्रुहरु पराजित हुनेछन । दीर्घेरोगहरुबाट आरोग्यता प्राप्ति, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको योग, स्वागत सत्कारमा सरीक भइने, उत्तम भोजन, विद्यार्थी वर्गहरुलाइ परिक्षा प्रतियोगीतामा राम्रो हुने । व्यापार व्यवसायमा समय उत्तम छ । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, कसै कसैलाई भोग विलास, मनोरन्जनमा र रति सुखमा सरीक गराउने योग छ । सन्तान पक्षको भने विशेष ख्याल गर्नुहोला । गलत कार्यबाट वा विवाहेत्तर सम्बन्धबाट टाढै रहनु होला ।
मकर राशीः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
दिन अनुकुल रहनेछ । धन लाभ, स्वास्थय उत्तम रहने, कार्य क्षेत्रमा सफलता, मानसिक तनावमा कमी आउने, शत्रूहरु पराजित हुने , मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने ।। अनावश्यक खर्च बाट बच्ने र अरुले नमागिकन व्यर्थमा सल्लाह चाँही नदिनु होला।। विद्यार्थीहरुलाइ समय राम्रो हुनेछ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति को योग छ ।
कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, दा
दिन प्रतिकुल रहन सक्छ । मन अशान्त हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थयमा समस्या आउने सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । यात्रामा कष्ट तथा दुर्घटना को संभावना, कार्यक्षेत्रमा असफलता, प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने, कामुकता बढने, निर्णयहरु गलत हुने , विद्यार्थीहरुको पढाइमा समस्या देखिने , व्यवसायमा हानी भएकोले, लगानी नगर्नुहोला, अफिसमा रहँदा विशेष सावधानी अपनाउनु होला
मीन राशीः दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सचेत हुनुपर्ने दिन छ । अत्यधिक खर्च, गृह कलह, आफन्तहरुसँग टाढिनु पर्ने, सम्पत्ति विवाद, मन अस्थिर रहने, स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्नेछ, खानपानको गडबडी, अल्प निद्रा वा निदाउने समयमा गडबडी आउने, श्वासप्रश्वास सम्बन्धि गडबडी , छातीमा कष्ट, शारिरिक कमजोरी , धपेडी पर्ने, जल तथा स्त्रि जातिबाट जोगिनु पर्नेछ, व्यवसायमा गतिरोधको सामना गर्नुपर्ला । लगानीलाइ समय अशुभ छ। कुनै पनि नयाँ सामान वा सवारी साधन आदि खरीद नगर्दा राम्रो ।