संसदिय अंकगणितको निर्णायक कांग्रेसलाई सरकारमा जाने विषयमा हतार नगर्न कार्यकर्ताको सुझाव
काठमाडौं फागुन ११ । सर्वोच्च अदालतले स्सद पुन स्थापना गर्न आदेश दिएसंगै संसदमा नयाँ सरकारका लागि सांसदको जोड घटाउन निस्चित छ । नेकपा आन्तरिक विवादका कारण निम्तिएको प्रतिकुल परिस्थितिका विच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदको अक गणितमा निर्णाय देखिएको छ । प्रधानमन्त्री केपी ओलीसले संसदमा अविस्वासको प्रस्ताव सामना गर्ने संकेत देखाएसंगै कांग्रेसको भूमिकामा धेरैको ध्यान गएको छ ।
काँग्रेस सरकारका जाला वा प्रतिपक्षमा ने रहला भन्ने आम चासो रहिरहेको समयमा कांग्रेसका नेता कार्यकर्ताले भने सरकारमा जान हतार गर्न नहुने जनाएका छन् । संसद पुन स्थापना पछि माइतिघर मण्डलामा दिप प्रजवलन गर्न पुगेका नेता कार्यकर्ताले सरकारमा नगइ जागरक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने समय आएको बताएका छन् ।
नेपाल विद्यार्थी संघका नेता कुन्दनराज काफ्लेले कांग्रेसलाई जनताले ५ बर्ष प्रतिपक्षमा बस्न निर्देशन दिएका कारण सरकारमा जान नहुने तर्क गर्छन् । कांग्रेसले हतारमा आएर निर्णय गर्दा तेस्को असर आगामी निर्वाचनमा कांग्रेसलाई नै पर्ने उनकव बुझाइ छ । तेस्तै नेपाल विद्यार्थी संघका नेता पुस्कर बास्तोला तथा सुनिल शर्माले समेत कांग्रेस सरकारमा जान हतार गर्न नहुने भनाई छ । अदालतको फैसलाले कांग्रेसलाई पुन एक एक पटक अवसर प्रदान गरेको भन्दै कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने जनाएका छन् ।