ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्ड र देउवाबिच फोनबाटै खुसी साटासाट ,बुधवार काठमाडौंमा भेटने तयारी

प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले पनर्स्थापनाको फैशला सुनाएपछि  नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच फोन वार्ता भएको छ ।

मंगलवार पूर्वनिर्धारित कार्यक्रम अनुसार विरोध सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षपुष्पकमल दाहालले देउवासंग फोन वार्तामा संसद पुर्नर्स्थापनको खुसीमा बधाई साटासाट भएको दाहाल निकट स्रोतले बताएको छ । बीबीसी नेपाली सेवासँगको कुराकानीमा भनिएको छ   ‘अरु केही कुराकानी भएन सामान्य बधाई साटासाट भयो। भोलि चाहिँ काठमाडौंमा भेट्ने खालको सामान्य कुराकानी भयो,भन्दै अध्यक्ष दाहालको प्रतिक्रिया लिईएको छ ।

अदालतले संसद पुनर्स्थापनाको फैसला सुनाएसंगै देशभर काँग्रेस नेता र नेकपा प्रचण्ड नेपाल पक्षका धेरै नेताले अदालतको निर्णयमा एक्यबद्धता जनाएका छन् । नेकपा भित्र दुई गुट देखिदा बहुमतको सरकार बनाउन नेपाली कांग्रेसको भुमिका कस्तो हुन्छ भन्ने धेरैको आखाँ उतै गएको देखिन्छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक घोषणा गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन निर्देशन दिएको छ । भने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने छ यसो नभएमा अविश्वासमा बहुमत पुगेर पारित भएमा प्रधानमन्त्री ओलीको पद स्वतह खारेज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *