ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सर्वोच्च अदालतको फैसला स्विकार गर्नुपर्छ, महेश वस्नेत

सेयर गर्नुहोस
  • 21
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ अगाडी वढेपनि सर्वोच्च अदालतको फैसलालाई आफुहरुले सम्मान गर्ने वताएका छन् ।

‘मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो’, बस्नेतले भने । तर, नेताहरुले सुझबुझपूर्ण ढंगले फैसला गर्नुपर्ने उनको भनाइ छ ।
सँगै, अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने उनले बताए । ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ । बामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला’, बस्नेतले भने ।

संसद् पुनर्स्थापनाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको हातमा राजनीतिक खेल भएको उनको भनाइ छ । तर, २०५२ देखि ०६२ सम्मको राजनीतिक विकृति दोहोरिन दिन नहुने बस्नेतले बताए । ‘नेताहरुले २०५२ देखि २०६२ साल सम्मको राजनीतिक विकृति र विसंगतितर्फ मुलुक लैजादैनौं भनेर सुझबुझपूर्ण ढंगले अबको राजनीति ह्याण्डिल गर्नुपर्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *