ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजनीतिक दलसँग सहकार्य गरेर अगाडी बढ्ने प्रचण्डको उद्धघोष

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला पछी राजनीतिक दलसँग सहमति गरेर अगाडी बढ्ने प्रतिकृया दिएका छन् ।

सर्वोच्च अदालतको फैसलापपछि चितवनबाट प्रतिक्रिया दिँदै दाहालले भने, ‘अब हामी राजनीतिक दलहरुसँग समझारी बनाएर जान्छौं ।’

प्रचण्डले चितवनमा गरेको सम्बोधनको बुँदागत अंश :

देशभरीका सबै पार्टींलाई आआफ्नो ढंगले विजय र्‍यालीका रूपमा मनाउन आग्रह गर्दछु ।

बौद्धिक समुदाय, न्यायिक क्षेत्रमा काम गर्ने, पत्रकार सबैको विजय हो । न्याधीशहरूको साहसिक फैसला हो, म उहाँहरूलाई पनि बधाई दिन चाहान्छु ।

जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भने ती सबैलाई बधाई भन्न चाहान्छु । अब हामी राजनीतिक दलहरूसँग समझदारी बनाएर जान्छौं ।

केपी ओलीको भ्रममा रहेका सबै पार्टीका साथीहरूलाई भ्रममुक्त हुन अपिल गर्न चाहन्छु ।

केपी ओली जी यदि तपाईंमा अलिकति पनि लाज सरम छ भने राजीनामा दिनुहोस् ।

राष्ट्रपति हटाउने सोचमा नरहेको समेत दाहालले वताएका छन् । वाँकी कुरा काठमाडौैं आएर गर्ने समेत उनले वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *