११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ , फागुन११। देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार २ सय १८ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ५३ जना सहित देशभर १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म देशभर २ लाख ७३ हजार६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाक कारण मृत्यु हुने संख्या २ हजार ६५ रहेको छ l
गत चौबीस घण्टामा देशभरबाट १ सय २ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ७० हजार ६८ रहेको छ ।
देशभर क्वारेन्टाइनमा ६५ जना र संक्रिय संक्रमित संख्या १ हजार ५ सय ३३ रहेको छ । देशभर आसियुमा उपचारत ४६ जना र भेन्टिलेटरमा १२ जना रहेका छन् ।