ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारत चीन विवाद समाधानन्मुख

फागुन११,काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा झण्डै एक वर्षदेखि जारी तनाव विगत केही हप्ता देखी साम्य हुदैं गएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन । दुवै मुलुकले पान्गो त्सो तालबाट आफ्ना सेनालाई केही पछाडि हटाएका छन् र अन्य क्षेत्रवाट पनि सेना पछि हट्नेक्रम सुरु भएको छ ।

विगत १ वर्षदेखि गलवान उत्यकामा दुई देशका सेना विचमा झडप हुँदै आएको थियो । यसले दुई देश विचको तनाव केही हदसम्म समाधान भएको र तत्कालै दुई मूलूक विच युद्धको संभावना रहेको विष्लेषण भईरहेको छ । यो युद्धविरामले दुबै देशले दिर्घकालिन समाधान खोजेको पनि बिष्लेषकहरु वताउँछन् ।

भारत र चीनबीच सिमा विवादको जड समाधान नगरिएको ३,४४० किलोमिटर लामो सीमा हो । अधिकांश सीमाको निर्धारण खोला, ताल र बाक्लो हिउँ भएको ठाउँमा भएकाले तल माथि भइरहन्छ र दुई देशका सेनाबीच झडप हुने गरेको छ ।

पछिल्लो समयमा भारत र चीन दुवैले सीमा क्षेत्रमा धमाधम पूर्वाधारहरु निर्माण गरिरहेका छन् । सीमामा आवश्यक पूर्वाधार मात्र होइन, सम्भावित सैन्य द्वन्द्वलाई लक्षित गरेर दुवै मुलुकले धमाधम पूर्वाधार निर्माण गरिरहेका छन् जसले पनि सीमा क्षेत्रमा तनाब बढाउँदै लगेको छ ।

सिमा विवादका कारण गत वर्षको जुन महिनामा २० जना भारतीय सैनिक र पाँच चिनियाँ सैनिकले ज्यान गुमाएका थिए ।

गलवान उपत्यकामा अन्य क्षेत्रमा समेत समय समयमा दुई देश विच समय समयमा झडप हुने गरेको छ । गत वर्षको जनवरी २० मा सिक्किम क्षेत्रमा दुई देशका सेनाबीच सामान्य झडप भएको थियो ।

त्यस्तै सन् २०१७ मा त्रिपक्षीय भारत-भुटान-चीन सिमानामा दुई देशका विच तनावको वातावरण सृजना भएको सो द्वन्द्व झण्डै ७५ दिनसम्म चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *