संसद विघटन विरुधको मुद्दा हेर्दाहेर्दैमा पेसी तोकियो
काठमाडौं फागुन ११ । सर्वोच्च अदालतले संसद विघटनको मुद्दाको पेसी हेर्दाहेर्दैमा तोकेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघ६न गरेपश्चात त्यसको विरुधमा १३ वटा मुद्दा दर्ता भएका थिए । जसमा पक्ष –विपक्ष तथा एमिकस क्युरीको समेत बहस सकिएको छ ।
जनपक्षिय चासो रहेको मुद्दामा कस्तो फैसला आउने हो भन्ने चासो भएकै समयमा प्रधानन्याधीश चोलेन्द्र शमसेर जवराले ११ पछि फैसला आउने यसअघि नै जनाइ रकेका छन् । यसरी बहस सकिएको र अदालतले केही समय लिएपछि केही दिनमा फैसला आउने भएको छ ।
सरकार तथा सडक दुवै तर्फबाट अदालतमा दवाव सुरु भएकाले पनि अदालतको निर्णय अझ प्रतिक्षाको विषय बनेको छ । यता सरकारले बैशाख १७ र २७ गते दुई चरणमा हुने गरि प्रतिनिधिसभा निर्वाचनको म्याद समेत तोकेको छ ।