ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तपाईको आजको राशिफल

आज मिति २०७७ साल फागुन १० गते सोमबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको २२ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, मृगशिरा नक्षत्र, दशमी तिथी, प्रिति योग, गर करण, आज चन्द«मा मिथुन राशीमा रहने छ , आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५५ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहनेछ । आजको राहुकाल बिहानको ८ बजेर २ मिनेटबाट ९ बजेर २७ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो,

प्रयास गर्नुभएको खन्डमा आज भाग्यले साथ दिनेछ । कुनै काम गर्न मन लाग्ने वा गरेको कार्यमा सफल भइने । अरुले तँपाइलाई बुझनेछन वा तँपाइको कदर गर्नेछन् , स्वास्थ्य उत्तम रहने, आर्थिक पक्षमा सुधार देखा पर्ने, आज कुनै भौतिक सामाग्री प्राप्तहुने वा खरीद हुने योग छ, नजिकका व्यक्तिहरुबाट सुख पाइने वा उनीहरुसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने । कसै कसैलाइ यात्रा वा भ्रमणको स्थिति पनि बन्न सक्छ, प्रेम सम्बन्धको  लागि समय राम्रो छ । लगानीलाइ आज दिन ठिक छ ।

वृष राशीः , , , , वा, वि, वु, वे, वो

दिन अनुकुल नहुन हुन सक्छ, पढाइमा मन नलाग्ने । कार्यहरुमा आउने बाधाले मानसिक तनाव बढाउन सक्छ, , धनको खति हुने, आँखा दाँत तथा अनुहार आदिमा आउने समस्याले  सताउन सक्छ, रोग व्याधि ले छुने योग भएकोले खानपानमा ध्यान दिनु पर्ने दिन छ, कुटुम्बहरुसँग हुने मनमुटाव बाट आज जोगिनु होला । कसै कसैलाई मान सम्मानमा आघात पनि पर्न सक्छ ।

मिथुन राशीः का, कि, कु, , , , के, को, हा

ग्रहहरुले साथ दिने खालको दिन छ, पारिवारिक तथा घरायसी सुख प्राप्ति, मनोबलमा वृद्धि, अनावश्यक खर्चमा कमि आउने,  रोग व्याधिबाट मुक्ति प्राप्त हुने । सकारात्मक विचार र उत्साहले दिन उर्जित रहने । मिष्ठान तथा परिकारजन्य भोजन प्राप्ति हुने, अविवाहितहरुको लाई विवाह सम्बन्धि कुरा आउन सक्ने, दाम्पत्यजीवन सुमधुर रहने, कर्म क्षेत्रमा नयाँ सकारात्मक कुरा हुन सक्ने, मुद्दा मामिला चलिरहेको छ भने झंझटबाट राहत मिल्ने , कसै कसैलाई घरबाट टाढा बाहिर भ्रमणमा जानुपर्ने अवस्था पनि आउन सक्छ ।

कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आत्मबललाई बढाउनु पर्ने खालको दिन छ । आलस्य बढने । खर्चमा वृद्धि । शत्रुले दुःख दिने, शोक पर्ने, कानूनी झमेला लाग्न सक्ने, संक्रामक रोगको चपेटामा परिने, शारिरिक कष्ट, आँखामा समस्या, धनको नोक्सानी, मान सम्मानमा कमी, सन्तान पक्षबाट तनाव, मानसिक चिन्ता र अवसाद को स्थिति आउन सक्छ विद्यार्थिवर्गको लागि वैदेशिक विषयको पढाइको लागि दिन शुभ छ । प्रतियोगिता परीक्षा लागि पनि समय राम्रो रहनेछ । घमन्ड र जिद्दी गर्ने बानी छ भने त्याग्नु होला ।

सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिन शुभ रहनेछ । आयमा वृद्धि । व्यापारमा पर्याप्त लाभ, कर्म क्षेत्रमा जस पाइने, मानसम्मान, किर्ति यश प्राप्त हुने, चिताएको फल पाउने बलियो सम्भावना छ । सरकारी काममा सफलता, सन्तानको तर्फबाट खुशी अथवा शुभ समाचार प्राप्त हुन सक्छ । धन लाभ, मित्र भेट अथवा मित्र सहयोग पाइने, उत्तम खानपान, दिनभर खुशी र रमाइलोमा समय बित्न सक्छ । विद्यार्थीहरुलाई समय राम्रो रहनेछ । अविवाहितहरुले आफनो प्रेमको अभिव्यक्ति गर्नलाइ आजको दिन शुभ छ ।

कन्या राशीः टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

समय राम्रो छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, कार्य स्थलमा सफलता मिल्नेछ, उत्तम स्वास्थ्य,  आफूले मान्नु पर्नेहरु रिझिने अवस्था आउनेछ । पारिवारिक तथा घरायसी सुख मिल्ने दिन छ । नयाँ जिम्मेवारी वा थप कार्य बोझ लिनु पर्ने पनि अवस्था आउन सक्छ । समग्रमा दिन शुभ रहनेछ ।

 तुला राशीः  रा, रि, रु, रे, रो, ता, ति, तु, ते

समय प्रतिकूल रहन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्ने । चाहिएको बेला ग्रहले साथ नदिन सक्छ, सरकारी झंझट र बाधा हुने वा  कानूनी कुरामा अलमलिनु पर्ने हुन सक्छ,  सन्तानको स्वास्थय ख्याल गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न , बिशेषतः छाती, पेटमा समस्या आउन सक्ने, चिन्ता, कलह, आर्थिक नोक्सान, विवाद र झगडा आदि बाट भने आज बच्नु पर्नेछ । अप्रत्यासित घटनाहरु हुन सक्ने सम्भावना भएकोले सावधान रहनु होला । लगानीको लागिे आज दिन राम्रो छैन ।

वृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु

वृश्चिक राशीलाई  सावधानी अपनाउनु पर्ने दिन छ । भय, कष्ट, रोग को समय चलेको छ ।जे पनि कु टाइममा हुन सक्ला, खानपानको समस्या, अपच हुनु, सास फेर्न समस्या आउनु, छातिमा समस्या, कोरोनाको संक्रमणबाट जोगिनु होला ।, चिन्ता कलह, धनहानी, अचानक नसोचेको घटना घटने आदि जस्ता अनिष्ट फल देखा पर्न सक्छ ।

धनु राशीः ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

धनु राशीहुनेहरुको लागि दिन राम्रो छ । दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको योग, स्वागत सत्कारमा सरीक भइने, उत्तम भोजन, धनलाभ, रोकिएको कार्य बन्नुको साथै शत्रुहरु पराजित हुनेछन । विद्यार्थी वर्गहरुलाइ परिक्षा प्रतियोगीतामा राम्रो हुने । व्यापार व्यवसायमा लाभ । नयाँ कार्यमा लगानीको लागि समय राम्रो छ । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने,  भोग विलास र मनोरन्जनमा समय बित्नेछ । सन्तान पक्षको विशेष ख्याल गर्नुपर्नेछ । खराब कर्मबाट भने जोगिनु पर्दछ ।

मकर राशीः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मकर राशीवालाहरुको लागि समय राम्रो छ । आनन्दमय शुरुवात हुनेछ, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने,  शत्रू पराजित हुने , मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने ।  कसै कसैको महिलाहरु सँगको सम्पर्क बढन जानेछ । विद्यार्थीहरुलाइ समय राम्रो हुनेछ, खर्चमा भने अलि नियन्त्रण राख्नुहोला ।

कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, दा

दिन अनुकुल छैन । यात्रामा कष्ट तथा दुर्घटना को संभावना, कार्यक्षेत्रमा असफलता, मन अशान्त हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थ्यको ख्याल गर्नुपर्ने अवस्था आउन सक्छ । सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने, निर्णय क्षमतामा ह्रास आउने, विद्यार्थीहरुको लागि दिन प्रतिकुल छ ।  व्यवसायमा गतिरोध भएकोले आज कुनै लगानी नगर्नुहोला,

मीन राशीः दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

प्रतिकूल समय छ । आफन्तहरुसँग विवाद, सम्पत्ति सम्बन्धि विवाद,  मन चंचल रहने, छातीमा कष्ट, पीडा, धनहानी, मानसिक सन्ताप पर्ने, जल तथा स्त्रि जातिबाट भय वा समस्या, व्यवसाय गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ समय अशुभ छ। कुनै पनि नयाँ सामान वा सवारी साधन आदि खरीद नगर्दा राम्रो । गृह कलह बाट जोगिनु राम्रो । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, समयमै खानपान नहुने, निद्रामा बाधा आउने तथा चिसोजन्य रोगबाट बच्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *