ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद पुन स्थापना भए आन्दोलन गर्ने चेतावनी दिएका प्रधानमन्त्री ओलीको वोली फेरीयो

कञ्चनपुर फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा नै प्रतिनिधिसभा विघटन विरुधको मुद्दामा चाडै फैसला गर्ने  र देश निर्वाचनमा होमिने जिकिर गरेका छन् ।  प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए फेरि सांसद किनबेच र तमासाको राजनीति शुरू हुने भन्दै अदालतले यस्तो निर्णय नगर्ने बताए । छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न कञ्चनपुर पुगेका ओलीले यस्तो दावी गरेका हुन् उनको भनाई छ –  ‘अब यदि पुनःस्थापना हुने हो भने के हुन्छ, यसो कल्पना गरौं । पुनःस्थापना हुने भयो भने प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ, प्रधानमन्त्री खोज्न पार्टी खोज्न हिँड्नुपर्छ । कुनै पार्टीको बहुमतको सरकार हुँदैन, त्यसो भएपछि समीकरणका अनेक खेल, सांसद किनबेच कसलाई कुन पद, भागबण्डा त्यही तमासाको राजनीति फेरि शुरू हुन्छ,’

प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिएको भन्दै  स्वतन्त्र न्यायालय तथा शक्ति पृथकीकरणको सिद्धान्तलाई सरकारले सम्मान गर्ने बताए । उनको भनाई  छ -‘न्यायालयले न्याय निरूपण कति गर्न सक्छ, कुन समयमा त्यो बेग्लै कुरा हो । न्यायालयका सबै निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्छन्, त्यसै कारण मान्छेले पुनरावेदन गर्छ । किन पुनरावेदन गर्छ, पुनरावेदन गरेर किन जित्छ फेरि ? कहिले कहिले न्यायालयका फैसला उपयुक्त नहुन पनि सक्छ । न्यायिक प्रक्रिया आफ्नो छ, तर हामी न्यायालयमाथि विश्वास गर्दछौं । स्वतन्त्र न्यायालयमाथिको मर्यादामा विश्वास गर्छौं । न्यायालयलाई दबाब दिने धम्क्याउनेमा विश्वास गर्दैनौं,’

त्यस्तै प्रधानमन्त्री ओलीले अदालतले संसद पुन स्थापना नगरे आन्दोलनमा जाने भनेको विषयलाई गतल तरिकाले प्रचार गरिएको समेत दावी गरे । देश बनाउने आन्दोलन, लोकतन्त्र सुदृढ गर्ने आन्दोलन भनेको दावी गरे उनको भनाई छ –  ‘अहिले संसद् विघटन भएको छ, अब देश निर्वाचनतर्फ जाँदैछ । हुनसक्छ, दुईतीन दिनभित्र प्रतिनिधि सभा विघटनसम्बन्धी फैसला हुन्छ । अस्ति मैले विराटनगरमा बोल्दा भनेको थिएँ, केही मान्छेहरू यसो भयो भने त आफ्नो राजनीति नै सिद्धिन्छ भनेर छटपट छटपट गरेका छन् । हामी देश बनाउने अभियानमा छौं, जसो भएपनि हाम्रो राजनीति सिद्धिँदैन । केही भएपनि सिद्धिँदैन । देश बनाउने, लोकतन्त्रलाई बलियो बनाउने हाम्रो आन्दोलन अघि बढिरहन्छ । आन्दोलन भनेको उनीहरूले नारा जुलुस, भत्काउने, ढुंगा हान्ने के–के बुझेछन कुन्नि ? मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई सुदृढ गर्ने आन्दोलन भनेको थिएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *