पर्यटन व्यवसायीका सरकारसंग दश माग

काठकमाडौं फागुन १० । नेपालको पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन सरकारले वास्ता नगरेको भन्दै पर्यटनसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरुले सरकारसंग १० बुधे माग राखेका छन् । महामारीका कारण पर्यटन ब्यवसायीहरुलाई परेको मर्काहरु बारम्बार नेपाल सरकार र सरकारका विभिन्न निकायहरुमा लिखित र मौखिक रुपमा राखी सम्बोधनका लागि अनुरोध गर्दा समेत कुनै चासो नदेखएको उनिहरुको गुनासो छ ।
उनीहरुले ७२ घण्टाको पिसिआर गरेर आउने पर्यटकले पाँच दिन क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान हटाउन माग गरेका छन् भने अनलाईन तथा अराईभल भीषाको व्यवस्था पूर्वरुपमा गर्न माग गरेका छन् ।
मागहरु
१) ७२ (बहत्तर) घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ५ ( पाँच ) दिनसम्म अनिबार्य क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने ।
२)अनलाइन र अराइभल भीषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भीषाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने ।
३)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्ने वा तोकिएको सवास्थ निकायबाट नमुना सन्कलन गर्ने ।
४)हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।
५)कोरोना विरुद्धको भ्याक्सिन प्राथमिकता का साथ अग्रपन्ति रहि काम गर्ने पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनुपर्ने ।
६)नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।
७)नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिबार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने ब्यवस्था गर्नुपर्ने ।
८)नेपाल–भारतका र नेपाल-चीन सीमानाहरुबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अबिलम्ब खुल्ला गरि अनुगमन गर्नुपर्ने ।
९)कम्तिमा ५००० हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनुपर्ने ।
१०)कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकलाई सहज र निर्बाध रुपमा घुम्न दिनुपर्ने ।