प्रतिगमन माथी विद्यार्थीको जुत्ता प्रहार
काठमाडौं फागुन १० । सरकारको प्रतिगमनको विरोधमा नेकपा( दाहाल-नेपाल) समुह निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता हान्नेर विरोध गरेको छ । प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन प्रतिगमन भएको निस्कर्ष निकालेको अनेरास्वियुले नारायणहिटी संग्रहालय अगाडि ‘प्रतिगमन’ लाई जुत्ता प्रहार गरेका हो ।
विभिन्न चरणमा आन्दोलन गर्दै आएको उक्त समुहले चौथो चरणको आन्दोलनका क्रममा छ । यस अघि चौथो चरणको कार्यक्रम अन्तर्गत टुडिखेल घेराउ गरेको अनेरास्वियुले आज जुत्ता प्रहार गरेको हो ।