ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमण पुष्टि नभएको तथा परीक्षण मिति नमिलेको विवरण पठाएको भन्दै मन्त्रालयले माग्यो आधिकारीक विवरण

काठमाडौं फागुन १० । कोरोना बिमाको रकम प्रमाणीकरणको क्रममा प्रयोगशालाबाट प्राप्त विवरण मध्ये केहि संक्रमण पुष्टि नभएको तथा परीक्षण मिति नमिलेको विवरण पाइएकोले तोकिएको ढाँचामा पठाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गरी कोरोना परीक्षण गर्न अनुमति पाएका प्रयोगशालाहरुलाई विमितहरुको विवरण तोकिएको ढाँचामा पठाउन अनुरोध गरेको छ । अबको ७ दिनभित्रमा तोकिएको ढाँचामा विवरण उपलब्ध नभएमा कोरोना बिमाको दावी प्रमाणीकरण अयोग्य रहने र यसबाट विमित व्यक्तिलाई पर्ने कठिनाईप्रति सम्बन्धित प्रयोगशाला नै जिम्मेवार हुने मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार प्राप्त भएको १८००० विवरण प्राप्त भएकोमा १५ हजार भन्दा बढी प्रमाणीकरण भैसकेको छ । यस्तै, कोरोना बिमाको विमितहरुले विभिन्न सँस्थामा अनावश्यक दौडधुप गर्न परेकोमा सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । त्यसकारण विमामा भैरहेको काम प्रक्रिया बारे स्पष्टरुपमा जानकारी दिन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *