नेपालमा ९८ दशमलव ७ प्रतिशत कोरोना मुक्त
सेयर गर्नुहोस
13 - 13Shares
काठमाडौं फागुन १० । देशभर १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको ३ हजार ६ सय ८१ वटा नमुना परीक्षणमा देशभर १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म देशभर संक्रमण पुष्टि हुने संख्या २ लाख ७३ हजार ५ सय ५६ जना रहेका छन्। हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या २ हजार ६१ जना रहेका छन् । देशभर कोरोनाका संक्रमण मुक्त ९० जना भएका छन् ।
हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ६९ हजार ९ सय ६६ जना रहेका छन् ।हाल सम्म कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ७ रहेको । देशभर क्वारेन्टायनमा ६६ जना र संक्रिय संक्रमित संख्या १ हजार ५ सय २९ जना रहेकाछन् । देशभर आसियुमा उपचारत ४३ जना र भेन्टिलेटरमा ११ जना रहेका छन् ।