ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आवस्यक पर्यो भने सात वटै प्रदेश प्रमुख परिवर्तन हुन सक्छ – मन्त्री श्रेष्ठ

काठमाडौं फागुन १० । प्रदेश नम्वर दुई का प्रदेश प्रमुख तिलक परियारलाई वर्खास्त गर्दै मधेश मामिलाका जानकार राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुत गरेसंगै यसको आलोचना बढ्दो छ । पार्टिको आन्तरिक किचलोका कारण प्रतिनिधि सभा विघटन पश्चात प्रधानमन्त्री ओली प्रदेश सभा तथा प्रदेश प्रमुखमा केन्द्रित भएको विष्लेषण सुरु भएको छ ।

प्रदेश दुईमा प्रदेश प्रमुख बर्खास्त गरेका ओलीले प्रदेश एकमा गएर अदालतलाई चेतावनी समेत दिन भ्याए । ओली निकट मानिएका मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा विघटन गर्ने र त्यसको जिम्वेवारी दाहाल नेपालले लिनु पर्ने वताइरहदाँ केन्द्रका मन्त्रिहरुले अन्य प्रदेशका प्रमुख समेत परिवर्तन गर्न सक्ने संकेत गरेका छन् ।

ओली निकट मानिएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले सरकारको अधिकार श्रेत्र भित्र रहेर आवस्यक्ताका आधारमा प्रदेश प्रमुख परिवर्तन गरेको भन्दै अन्य प्रदेशका प्रमुख पनि परिवर्तन हुन सक्ने जिकिर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *