ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेलम्चीको सूरुङमा पानी भर्नेकाम सुरू

सिन्धुपाल्चोक फागुन १० । मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुऽको आज परिक्षण गरिदैं छ । विहान ११ बजेबाट पानी हाल्न सुरु गरिने आयोजनाको परिक्षकको संवाभित दुर्घटनाबाट बच्न हेलिकप्टर तयारी पारिएको आयोजनाले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्नेछ  जसको आज खानेपानी मन्त्री मणी थापाले उद्घाटन गर्न लागेका हुन् ।यस अघि असार २९ गते  सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिने सुरुङमा पानी भरिएपछि करिब १० दिन राख्ने आयोजनजाको भनाई छ । सुरुमा केही दिन पानि राखेरर त्यसको गुणस्तर परिक्षण गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *