ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री ओलीको कपी पेष्ट मुख्यमन्त्री राई

काठमाडौं फागुन ९ । गत पुस ५ गते प्रतिनिधि  सभा विघटन पश्चात नेपालको राजनीति पुर्ण रुपमा तरङ्गित बनेको छ । विश्वकै ठूलो कान्युष्ट पार्टी बनाउने उद्घोघोष दुई बर्ष नपुग्दै धुजा धुजा बनेको छ भने एक अर्कालाइ लगाउने लाल्छना मर्याद भन्दा बाहिर छन, दुई पात्र अर्थात प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डको । प्रतिनिध सभा विघटन विरुध सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको फैसला नजिकिदै गर्दा दुवै पक्ष सर्वोच्च अदालतमाथी खुलेआम चुनौति दिदैं आएका छन् । यद्यपी नेकपामात्र हैन प्रतिपक्षी देखी नागरिक समाज समेत सडक संघर्षमा छ ।

आफुअनुकुल भए सवै ठिक तर आफु प्रतिकुल भए सवै वेठिक भन्ने प्रधानमन्त्री केपी ओलीको फोटोकपी अहिले प्रदेश एकका मुख्यमन्त्रीमा देखिएको छ । केन्द्रको प्रभावका कारण अविश्वासको प्रस्तावको सामना गरिरहेका मुख्यमन्त्री पछिल्लो समय जसरी भएपनि बैठक भाड्ने मनसायमा देखिन्छन् । पार्टी औपचारीक विभाजन नभएसम्म अविस्वासको प्रस्तावमा छलफल नगर्ने जनाएको ओली पक्ष अन्ततह निरिह बनेको छ ।  आइतवार दाहाल नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि राई अझ संकटमा परेका छन् । त्यसो त राईले कारवाहि गरेका १६ जना प्रदेश सांसदलाई बैठमा सहभागी गराउन नहुने अडान पनि बालुबामा पानि जस्तै बनेको छ ।

राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो ।आइतबार बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको हो । यसरी ओली पक्षको असहमतिका विच सभामुख भण्डारीले बैठक राखेपछि उनीहरु रुष्ट बनेका छन् । उनीहरुले सभामुखलाई प्रकृया मिचेको समेत आरोप लगाए । ओली समुहका नेता तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले भने -‘सभामुखज्यूले दलसम्बन्धी कानुन नियमावली हेर्नुपर्ने हो, तर सुरुवात देखि नै हेर्नुभएन आज विधि र प्रक्रियाभन्दा बाहिरबाट आएको प्रस्तावलाई पेस गरेर गल्ती गर्नुभयो ।’ यता केन्द्रमा यस अघि प्रधानमन्त्री केपी ओलीले पनि सभामुखलाई यस्तै आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *