ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अंग्रेजी भाषाको प्रभावका कारण मातृभाषा संकटमा परेको भन्दै उपराष्ट्रपति पुनद्वारा चिन्ता व्यक्त

काठमाडौं फागुन ९ । पछिल्लो समय मातृभाषाहरु लोप हुन थालेको  भन्दै उपराष्ट्रपति नन्दबहादुर पुनले चिन्ता प्रकट गरेका छन् । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई उद्घघाटन गर्दै उपराष्ट्रपति पुनले सो चिन्ता ब्यक्त गरेका हुन् । मातृभाषा तथा संस्कृति प्रति युवाको आकर्षण बढ्दा मौलिक भाषा संस्कृति भने संकटमा परेको उनको भनाई छ ।

नेपालमा कुल १ सय २५ जात र १ सय २३ भाषाभाषी भएपनि पछिल्लो समय केही भाषाहरु लोप भएको र केही भाषाहरु लोप उन्मुख अवस्थामा रहेको भन्दै यस्ता भाषाको संरक्षण गर्न सरोकारवालासंग आग्रह गरेका छन् । भाषा संस्कृति र पहिचान पहेको भन्दै उनले मुर्त तथा अमुर्त बस्तुको संग्रह नै भाषाबाट भएको भन्दै यसको संरक्षणमा जोड दिए । मौलीक हकमा नै मातृभाषामा अध्ययन गर्न पाउने व्यवस्था भए पनि पर्याप्त स्रोत र साधन नहुदाँ कानुनमा नै सिमित हुने अवस्था आएको भन्दै त्यस तर्फ समेत सजग रहन आग्रह गरेका छन्

सोही कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मातृभाषा संरक्षणमा प्रतिष्ठान लागी परेको जनाएका छन् । उनले नेपाल बहुलताको प्रतिक भएको भन्दै भाषा र संस्कृतिका कारण आपसी सदभाव र एकता कायम भएको जनाएका छन् । मातृभाषाको संरक्षण तथा प्रवर्दन गर्न प्रतिष्ठानले आफ्नो परिवारमा मातृभाषाको प्रयोग बढाउने कार्यक्रम ल्याएको समेत जनाएका छन् । त्यस्तै मातृभाषाका पाठ्यक्रम तथा पाठ्युपुस्त र शव्दकोश निर्माण भइरहेको समेत जानकारी दिए ।

अन्तराष्ट्रिय मातृभाषाको अवसरमा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना गर्यो । जसमा ६७ जना कविले मातृभाषामा लेखिएका कविता वाचन गरेका थिए भने उद्घाटन कार्यक्रममा विभिन्न जातीका १६ वटा झाकी समेत प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *