सरकारको तदारुकताको कारण खोपको सहज आपूर्ति
33 - 33Shares

काठ्मान्डौ फाल्गुन ९ । नेपालले खरिद गरेको १० लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं ल्याइएको छ । फागुन ५ गते खोप उत्पादक कम्पनी भारतको सेरम इन्सिच्युटसँग २० लाख डोज खरिद सम्झौता भएकोमा बाँकि केहि दिनमा नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
माघ १४ गतेबाट सन्चालित कोरोना विरुद्धको खोप अभियान तिब्र बनाउन सरकारले खरिद गरेको १० लाख डोज खोप नेपाल भित्रिएको छ । भारतको खोप उत्पादक कम्पनी सेरम इन्सिच्युटसँग २० लाख डोजका लागि खरिद संझौता गरिएकोमा बाँकि खोप केहि दिनमा आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सोहि खोप सकिन नपाउदै सरकारले अभियानलाइ तिव्र बनाउन माघ ५ गते सेरम इन्सिच्युट अफ इन्डियालाई खोप खरिदका लागि भुक्तानी गरेको थियो ।अधिकांश मुलुकमा खोपको हाहाकार भैरहदा दुइदेशीय मैत्रिपूर्ण सम्बन्ध र सरकारको तदारुकताका कारण खोप सहजै आपूर्ती हुन सकेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठको भनाई छ ।
अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेकाले निर्माण गरेको तथा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको यो खोप विश्वका १६ मुलुकमा लगाइदै आएको छ । यस खोपलाई केहि समय अघि मात्रै विश्वस्वास्थ्य संगठनले पनि आपतकालिन प्रयोगका लागि अनुमती दिएको थियो । प्रतिडोज ४ डलरमा खरिद गरिएको र बाँकि १० लाख डोज छिट्टै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।