ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार ३ सय २५ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ४९ जनासहित ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

हालसम्म देशभर २ लाख ७३ हजार ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।कोरोनाका कारण जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या २ हजार जना रहेका छन् । देशभरबाट गत चौबीस घण्टामा १ सय २१ जना निको भइ डिस्चार्ज भएका छन् ।

हालसम्म निको भइ डिस्चार्ज हुने संख्या २ लाख ६९ हजार ८ सय ७७ जना छन् । यो कूल संक्रमितमध्ये ९८ दशमलव ७ प्रतिशत हो ।देशभर क्वारेन्टिनमा ६८ जना रहेका छन् भने देशभर संक्रिय संक्रमित १ हजार ४ सय ९४ जना रहेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *