ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डा. बाबुराम भट्टराई भारत जादै

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आइतवार भारत जादै छन् । उनी नेपाल वायुसेवाको विमानमार्फत नयाँ दिल्ली जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाहअनुसार भट्टराई दिल्ली जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उनी नेपाली दूतावासमा बस्नेछन् । उनीसँग पत्नी तथा जसपा नेतृ हिसिला यमी र प्रेस सल्लाहकार विश्वद्वीप पाण्डे पनि दिल्ली जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *