March 4, 2021

ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

प्रधानमन्त्री ओली र प्रतिपक्षी कांग्रेस सभापति: अभिव्यक्ति फरक तर सन्देश उही

सेयर गर्नुहोस
  • 27
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं फागुन ९ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरि बैशाख १७ र २७का लागि निर्वाचनको मिति तोकेका  छन् । यस्तो अवस्थामा निर्वाचनमा जान नेकपाका दुई समुह भन्दा प्रमुख प्रतिपक्षीलाई हतारो देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनीक कार्यक्रमबाटै नेकपाको विवाद त्तकाल मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेपछि सभापतिको आलोचना बढेको मात्र छैन । वरिष्ठ नेताको सर्वोच्च अदालतसंग सेटेङ भएको हो भन्ने प्रश्नको समेत सामना गर्नु परेको छ ।  सभापति पद जोगाइ राख्दै प्रधानमन्त्री बन्ने अस्त्रको रुपमा निर्वाचनको उपयोग गर्न खोजेको सभापति देउवाले आन्दोलनलाई स्थगन गर्दै महाधिवेशनको तिर सवैको ध्यान केन्द्रित गराएका छन् ।

प्रतिनिधिसभा विघटन पछि बैशाख १७ र २७ का लागि निर्वाचन आयोगले निर्वाचनको मिति तोकिसकेको छ । यता प्रतिनिधि सभा विघटन संवन्धि मुद्धा सर्वोच्च अदालतमा विचारधिन छ। यस्तो अवस्थामा अदातलते संसद पुन स्थापना नगराए सडकबाटै पुन स्थापना गर्ने चेतावनी दिदै गर्दां प्रधानमन्त्री केपी ओलीले विराटनगर पुगेर संसद पुन स्थापना नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसरी प्रधानमन्त्री ओलीको सर्वोच्चलाई दिएको धम्की तथा प्रतिपक्षी दलको अदालतल प्रतिको लगावका अझ सभापति शेरबहादुर देउवाले सिफारिस गरेकै नाम संवैधानिक आयोगमा परेपछि उनीहरुको निकटताको विषयले दुवै पक्षमा संका पैदा भएको छ । आफुलाई लोकतन्त्रको हिमायती भन्ने काँग्रेस सभापतिको निर्वाचन मोह प्रतिनिधि सभा विघटन अलोतान्त्रिक भएको ठहर गरेपनि कांग्रेसको भूमिकामा पटक पटक प्रश्न उठेको हो ।

सभापति देउवाको भनाइ पुर्ण कांग्रेसको प्रतिनिधित्व गर्न नसक्ने भन्दै पार्टि भित्रैबाट आवाज उठ्दै  आएको छ । संसद पुन स्थापन नभए विदेशी शक्ति केन्द्रको मैदान स्थल बन्ने तथा सर्वोच्च अदालतले संसद पुन स्थापना गराउनु पर्ने नत्र सडकाबाटै संसद पुन स्थापना हुने काँग्रेका नेताहरुको भनाई र सभापति विचको तिख्तदा अझ झागिएको छ । निर्वाचन नगर्ने खाली मिति तोकेर जनता झुक्याउने तर्फको प्रहारको रुपमा सभापतिको संवोधनलाई लिएका युवा नेता एक व्यक्तिको लागि लोकतन्त्रमा प्रहार गर्न नसकिने युवा नेता प्रदिप पौडेलको भनाई छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिलाई सर्वोच्चसंग सेटिङ भइकेको भन्दै प्रश्न नै उठाएका छन् ।

सभापति तथा अन्य दलका नेताहरु विच फरक फरक मत सामान्य रुपमा हेरिए पनि यसले काँग्रेसको भविस्य  नै अन्योलमा पार्ने विज्ञहरुको तर्क छ । ओलीको प्रविर्तिसंग मेल खाने देउवाको प्रविर्ताका कारण सभापतिको निर्णय अकल्पनिय हुन सक्ने समेत विष्लेषण हुन थालेको छ । कांग्रेसले संवैधानिक प्रश्नको सामना गर्नु पर्ने समय आएको समयमा सभापति र प्रधानमन्त्री दुवै पद गुम्न सक्ने भएका कारण सभापति निर्वाचन तर्फ आकर्षित भएको बताइन्छ । राजनीतिक विस्लेषक अरुण उप्रेती सर्व पक्ष रुपमा सभापतिले सवै पक्षबाट माहोल अनुकुल भएकै कारण निर्वाचनमा जान हतारो गरेको बताउछन् ।

निर्धारीत मितिमा निर्वाचन हुन सके सभापति देउवाकै नेतृत्वमा सरकार बन्ने र महाधिवेशनलाई समेत अलमल्याउने पक्षमा सभापति देउवा देखिदाँ अन्य नेताहरु भने देउवाबाट पार्टिको नेतृत्व हात पार्दै चुनावमा जाने रणनीतिमा देखिन्छन् । अझ केन्द्र देखि प्रदेशसम्म नै निर्णाय शक्ति बनेको पार्टीका सभापतिको यो हतारो कांग्रेसकै लागि लाभदायक नहुन सक्छ । त्यसो त संवैधानिक प्रश्नको सामना गर्ने लागेको कांग्रेस बैशाखमा निर्वाचन भए यहि नेतृत्वमा चुनावमा जाने निस्चित त त्यसैले पनि सभापति देउवाले आन्दोलनमा भन्दा महाधिवेशनो तयारीलाई प्राथमिकतामा राख्ने संकेत गरेका छन् ।

यसरी सरकार प्रमुख प्रधानमन्त्रीको अदालत प्रतिको दवाव र सभापति शेरबहादुर देउवाको अदालतको विषयमा मदनताले फरक फरक अभिव्यक्ति देखिएपनि त्यसको भाव समान भएको विष्लेषण हुन थालेको छ । दुवै निर्वाचनको पक्षमा देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *