ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारसँग वार्ताका लागि विप्लव समूह सकारात्मक

काठमाडौं, फागुन ९ । सरकारद्वारा प्रतिबन्धित नेकपामा महासचिव नेत्रविक्रम चन्दले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।

चन्दद्वारा जारी विज्ञप्तिमा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ भन्ने उल्लेख छ ।

सरकारले चन्द समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइएको छ । केही दिनअघि खानेपानी मन्त्री मणि थापाले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागार गएर भेटेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *