ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एनएनआईपिए अवार्डमा गौरिका र मन्देकाजी सर्वोत्कृष्ट

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, फागुन ८ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडितर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले प्रदान गर्ने अवार्डका सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

भक्तपुरको मध्यपुर ठिमीमा आयोजना भएको कार्यक्रममा एनएनआईपिएले सागमा गरेको प्रर्दशनको आधारमा गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । गौरिका र मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँ प्राप्त गरे । यस्तै एनएनआईपिएले तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठलाई एनएनआईपिए स्पोर्टस अवार्ड अन्तर्गत प्रतिभावान खेलाडीको अवार्ड प्रदान गर्दा गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामी एनएनआइपिए स्पोर्टस अवार्ड अन्तर्गत उदयीमान खेलाडी चुनिएर पुरस्कार थापे ।आयशा र सुजलले युएसए एभरेष्ट तेक्वान्दोले प्रोजना गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

पहिलो पटक समावेश गरिएको विधामा चुनिएका उदीयमान खेलाडी सुवास र संगिताले स्काई फिटबाट प्रायोजित समान ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै १५ औं सस्करण अवार्डमा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका समाचार संयोजक रोशन सिंह राउतलाई संघले एनएनआइपिए पत्रकारिता सम्मानबाट पुरस्कृत गरेको छ । राउतले सम्मान पत्रसहित २५ हजार रुपैयाँ प्राप्त गरे । विगतका वर्षहरुमा झै करातेका वरिष्ठ प्रशिक्षक अकबर शाहलाई संघले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ । सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं सागका करातेका मुख्य प्रशिक्षक रहेका शाहले पटक पटक राष्ट्रिय कराते टोलीको सम्हालेका थिए ।

सागमा पहिलो पटक प्रवेश पाएको करातेले शाहको नेतृत्वमा १४ स्वर्ण पदक जित्दै इतिहास राखेको थियो । शाह १९९४ को १२ औं वल्र्ड च्याम्पियनसिप, १९९७ मा मनिलामा भएको करातेको छैंटौ विश्वकप, १९९८ बैंकक एशियन गेम्स, कोरियामा भएको १४ औं र १७ औं एसियाली खेलकुद र हङकङमा १२ औं एपीएसके च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षक थिए । अघिल्लो वर्ष नेपालमा सम्पन्न साग खेलमा सहभागिता जनाएका २६ खेलका उत्कृष्ट खेलाडी पनि अवार्ड कार्यक्रममा पुरस्कृत भएका थिए । मध्यपुर थिमीको दुई पोखरीमा आयोजना भएको अवार्डमा २६ खेलका उत्कृष्ट खेलाडी नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

एनएनआइपिए स्पोर्टस् अवार्डमा वर्षका उत्कृष्ट खेलाडी खेलाडी खेल विधा गौरिका सिंह पौडी मण्डेकाजी श्रेष्ठ कराते सुजल श्रेष्ठ फुटबल पुरुषोत्तम बज्राचार्य टेबल टेनिस कल्पना परियार सुटिङ कुलबहादुर थापा भलिबल विकास थापा भारोत्तोलन प्रदीप खड्का लन टेनिस रविना थापा फेन्सिङ कल्पना ओली ह्यान्डबल विपना ब्लोन स्क्वास मिनु गुरुङ बक्सिङ श्याम बुढाथोकी खो खो रत्नजित तामाङ ब्याडमिन्टन सोनी तामाङ ट्राइथोलन अन्जली चन्द क्रिकेट आयशा शाक्य तेक्वान्दो सुवास तामाङ गल्फ देविका खड्का जुडो सनातन मल्ल आर्चरी जुनी राई उसु अनुशा मल्ल बास्केटबल संगिता धामी कुस्ती मेनुकाकुमारी राजभण्डारी कबड्डी सन्तोषी श्रेष्ठ एथलेटिक्स बुद्धिबहादुर तामाङ साइक्लिङ केशव थापा पारा एथलेट (टेबल टेनिस)।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *