चन्दाबाट उठेको रकम सात बर्षसम्म नपाएपछि जुरे पहिरो पिडित न्याय माग्दै माइतीघरमा
काठमाडौं फागुन ८ । २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी पाँच गाँउका एक सय ४५ जनाले ज्यान गुमाएका थिए । भने २सय ४० परिवार विस्तापित भएका थिए । तर उनीहरुको अहिले सम्म पुनर्वास भएको छैन भने राहट्टका नाममा उठेको रमक समेत उनीहरुले नपाएको गुनासो गरेका छन् ।
सरकारले दिने सहयोग त कहाँ हो कहाँ आफूहरुको नाममा देश विदेशबाट नेपालीहरुले संकलन गरेको रकम समेत नपाएको भन्दै शनिवार जुरे पिडतले काठमाडौंमा प्रदर्शन गरे
वर्षौँ हुँदा पनि आफूहरुको पुनर्वास नभएको तथा जनताले दिएको चन्दा रकम पनि आफूहरुसम्म नआएको भन्दै काठमाडौँमा प्रदर्शन गरेको उनीहरुको भनाई छ ।